८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दक्षिणी इराकमा भएका आक्रमणहरुमा ८३ को मृत्यु

बाग्दाद – इराकको दक्षिणी प्रान्त घी कारको नस्रियाह सहरमा भएका कार बम आक्रमण र गोली प्रहारमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु भएको छ। 

साथै ती आक्रमणहरुबाट अन्य ९३ जना घाइते भएका पनि प्रान्तीय चिकित्सक स्रोतले जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले छ । 

घी कार प्रान्तको फदाक क्षेत्रमा भएको कारबम आक्रमण र गोली प्रहारमा परी ८३ जनाको मृत्यु हुनको साथै ९३ जनाको घाइते भएका छन्– उक्त चिकित्सक स्रोतले जनाएको छ। 

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको प्रान्तीय स्वास्थ्य विभागका प्रमुख जसिम अल खालेदीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। 

यस आक्रमणमा परी कैयौँ इरानीको हताहत भएको खालेदीले जनाकारी दिएका छन् । तर उनीहरु कतिजना छन् भन्ने कुरा भने बताइएको छैन्। 

इराकको राजधानी बग्दादबाट ३७५ किलोमिटर दक्षिणमा पर्ने नस्रियाहको पश्चिमी क्षेत्र फदाकमा रहेको रेष्टुरेन्ट र त्यसको वरपर कारबम आक्रामण भएको जनाइएको छ। 

आक्रमणकारीहरुसँग इराकी सुरक्षाबलको पनि झडप भएको बताइएको छ । यस आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको छ। 

सो समूहले अनलाइन विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको छ । उक्त आतङ्ककारी संगठनले यसअघि पनि सो क्षेत्रमा बारम्बार हमलाको चेतावनी दिने गरेका थियो । 

प्रकाशित: ३० भाद्र २०७४ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App