८ वैशाख २०८१ शनिबार
समाज

विषाक्त मदिरा सेवनबाट तीनजाको मृत्यु, एक गम्भीर

शोकमा मृतकका परिवार र आफन्त। तस्बिरः महेशकुमार दास/नागरिक

लोकल मदिराले महोत्तरीमा तीन जनाको ज्यान गएको छ। एक जनाको अवस्था गम्भीर छ।

सहसौला–६ का ७० वर्षीय रामवृक्ष मलिक डोम, ४० वर्षीय प्रकाश मल्लिक डोम र गौशाला ७ का पञ्च मल्लिक डोमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताए। उनीहरुसँगै मदिरा सेवन गरेका औरही ३ का बद्रि मल्लिक डोमको अवस्था गम्भीर छ। 

चारै जनाले स्थानीय विनोद महराको मदिरा पसलमा मदिरा र बंगुरको मासु खाएका थिए। राति २ बजे बेहोस भएर तीनजनाको मृत्यु भएको एसपी भट्टराईले जानकारी दिए।

उनीहरुले खाएको मदिरा विषाक्त रहेकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरुले खाएको मदिरा विषाक्त रहेकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृत्यु हुने तीनैजना नातामा बुवा, छोरा र ज्वाईँ हुन्।
घटना लगतै मदिरा पसले विनोद महरा फरार छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: ५ असार २०७३ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App