८ वैशाख २०८१ शनिबार
अन्य

एनाकोन्डा ग्याङ

टंक चौलागार्इं

 

गान्धी स्कुलमा भर्खरै पढाइ सुरु भएको थियो । पहिलो वर्ष थियो मेरो । म गाउँबाट भर्खरै आएको पाखे ! रैथानेहरूको एनाकोन्डा ग्याङ स्कुलको डन रहेछ ।
एकदिन ट्वाइलेटको ढोका तानेँ । भित्रबाट एउटा केटो निस्कियो, मेरो मुखमा एक मुठी थुक्यो । भित्र एनाकोन्डा ग्याङका केटाहरू चुरोट खाँदै रहेछन्, उनीहरू मलाई कहिले ग्याङमा आइज भन्थे । कहिले बेस्सरी भकुर्थे । जे गरे पनि म एक्लो, निरीह थिएँ ।
गाउँमा कामको चटारो कहिल्यै कम हुँदो रहेनछ ! स्थानीय मास्टरहरू बारीमा मकै छरेर खेत खन्दै होलान् । धान रोपी नसकी सबै मास्टरहरू स्कुल नछिर्ने पक्का थियो, स्कुल नगए पनि हाजिर हुने, तलब आउने । एक वर्षमै मैले धेरै कुरा थाहा पाएँ ।
बिहीबार पढाइमा के ध्यान जानू ! दुर्ई घन्टीपछि टाप । मलाई पनि ग्याङले फिल्म हेर्न सिकाइसकेको थियो ।
छि ! पिसाबको गन्धले नाकको पोरा छेडिसक्यो, अझै आएनन् । एनाकोन्डा, ब्रुस ली, आइसकेका थिए । म पनि थिएँ । उनीहरूको गोदाइबाट जोगिन जे जे गर् भन्थे, त्यही–त्यही मान्थेँ । उनीहरूले आषिकीलाई पर्खेका हुन् । आउने निश्चित भए पनि हतार गरे ।
आचार्य सरले देख्यो भने ? आचार्य सर कहिलेकाहीँ लाजै पचाएर आइपुग्थ्यो । हामी ट्वाइलेटमा कम, त्यहाँ बढी मुत्थ्यौँ । यो पनि ग्याङले नै सिकाएको । कापकापबाट माटो बगेको पर्खालको ढुङ्गा मुतले पहेँलै थियो ।
आसिकीचलाखीका साथ आयो । आचार्य सरले नदेखोस् भनेर पछाडि खुसुक्क हेर्दै थियो ।
‘दिवाना नि ?’ ब्रुस लीले रिसाउँदै सोध्यो ।
“पैसै ल्याएनछ मु...ले ।’ आषिकीले आफ्नो भागको पैसा एनाकोन्डालाई दियो । ‘तैँले हाल्दे न ।’ पैसा समाउँदै एनाकोन्डाले आषिकीलाई भन्यो । आषिकीसँग पैसा भइरहन्थ्यो ।
‘तैँले हाल्न नहुनी ?’ भन्दै आषिकीले पाँचको एउटा नोट एनाकोन्डालाई दियो । ऊसँग अरु पनि दश–पाँचका नोट थिए ।
‘अस्ति मैले हाल्देको,’ एनाकोन्डाले पाखुरा फुलायो । पाखुरामा बनाएको सर्पले निलुँलाझैँ ग¥यो । मन मिल्ने साथी हो, छोड्न चाहँदैनथे । सहमति गरेर आसिकीदिवानालाई बोलाउन गयो ।
‘आज पनि ल्याइनस् ?’ आइपुगेपछि एनाकोन्डाले दिवानाको गर्धन निचो¥यो । गर्धनमा पाखुरा नभई सर्प नै बेरिएको देखेँ ।
‘हरिकंगाल जहिल्यै पैसा नबोकी आउँछ,’ ब्रुस ली पर्खाल नाघ्न तयार भयो । सबै बिस्तारै हाँसे । ब्रुस लीले दिवानालाई उडायो ।
‘तिमेरका बौले जस्तो मेरो बौले जग्गा बेचेका छैनन्,’ दिवानाले सगर्व भन्यो । फिस्स हाँस्यो । पैसा निकाल्न नसकेकामा लाज लागेकै हो । दिवानाको बोली घाँटी क्याप्प समाउने काँचो हलुवावेद जस्तो टर्राे सुनियो ।
गाउँभरिमा जग्गा नबेच्ने यिनीहरूका खलक पनि हुन् रे ! हाम्रो घर भएको एरिया पहिला सबै एनाकोन्डाको हजुरबुबाको थियो रे ! पछि सबै बेचिसकेछन् । कोही धमाधम पैसाको रूख सम्झेर बेच्दै थिए । कोही बेच्नलाई ग्राहक खोज्दै थिए ।
‘शनिबार हामी दुर्ईको पैसा तैँले हाल्दिनुपर्छ । नभए तँलाई नै हामी हाल्दिन्छौँ,’ ब्रुस लीले बाँदरजस्तो चिथोर्न हात अघि बढायो । उफ्रिन तयार रहेको बाँदरझैँ देखियो ।
‘के ?’ दिवाना रिसायो । उसका नाकका पोरा फुले ।
‘भुत्रो !’ ब्रुस लीले दिवानालाई लोप्रायो मात्रै । सबै हाँसे । म पनि बिस्तारै हाँसे । दिवाना हाँसेन, रिसायो ।

पर्खाल नाघ्ने तयारी भयो । बिहीबार त्यो पर्खाल नाघ्ने अरु पनि हुन्थे । विद्यार्थी भागे भनेर स्कुलले पर्खालमा काँडेतार लगायो । एक रात पनि टिकेन । लगाएकै रात काटिदियो, एनाकोन्डा ग्याङले । काटिएको तार स्कुलले फेरि कहिल्यै जोडेन ।

उनीहरूको समूहको नाम नै एनाकोन्डा ग्याङ । फुटबल खेल्न एनाकोन्डा ग्याङ नै अगाडि थियो । खेलेर नभए पिटेर पनि जित्ने । झगडा गर्न एनाकोन्डा ग्याङ नै अगाडि थियो, स्थानीय चौकीको पुलिसलाई पनि साथी बनाएका थिए उनीहरूले । गाउँको, व्यक्तिको न्वारान गर्नमा एनाकोन्डा ग्याङ खप्पिस थियो । कसैको गलफ्रेन्डलाई भगाउनुप¥यो भने एनाकोन्डा ग्याङकै शरणमा आइपुग्थे । लुटपाटमा यो ग्याङ सबैभन्दा अगाडि थियो । नयाँ बस्तीका मान्छे यो ग्याङदेखि थर्थर काम्थे । छोरीचेली एक्लै हिँड्दैनथे । साँझपर्ने बित्तिकै नयाँ बस्तीका सबै घरका ढोका बन्द हुन्थे ।
ग्याङका सबैले फिल्मको नामबाट आफ्नो उपनाम राखेका रहेछन्, निकैपछि थाहा पाएँ । उनीहरूको वास्तविक नाम मलाई अहिलेसम्म थाहा छैन ।
पर्खाल नाघ्ने बेला जति सक्यो त्यति कम समय लगाए राम्रो । ठ्याक्क कसैले देख्यो भने जाउँ कि फर्किउँ हुन्थ्यो । एनाकोन्डा अघि लाग्यो । पर्खालमा चढेर नाघ्यो । त्यस्तै गतिमा सबै बाटामा ओर्लिए । सबैभन्दा पछाडि म थिएँ । त्यो ग्याङले मेरो पनि न्वारन गर्दिएको थियो एक नम्बरको पाखे । म ग्याङको कुरा नटेर्न सक्दिथेँ । मलाई टोलमै सुरक्षा चाहिएको थियो । ग्याङमा मलाई माया गर्ने एकजना थियो । स्कुलमा उसका तीन गल्फ्रेन्ड थिए रे । उसको नाम टाइटानिक हो । टाइटानिक फिल्मपछि उसले अरु फिल्म हेरेको छैन रे । उसले छातीमै टाइटानिक बनाएको छ रे, तर मैले देखेको थिइनँ ।
फटाफट अलि पर पुगेर सबैजना रोकिए । स्कुलको नीलो सर्ट फुकाले । कम्मरमा बाँधे । मैले पनि त्यसै गरेँ । गन्तव्यतिर लाग्यौँ ।
पाइला छिटो–छिटो चाल्दा सबैका हात्तीछाप चप्पल एकनाशले पड्किए । एनाकोन्डाले घडी हे¥यो । ग्याङमा घडी लगाउने हैसियतको ऊ मात्रै थियो । हिँड्दाहिँड्दै एनाकोन्डा, ब्रुस लीले रुमाल पट्टाए । घाँटीमा सपक्क बाँधे ।
भिडियो घरमा पुग्यौँ । त्यहाँ दैनिक फिल्म देखाउँथ्यो । बिहीबार नयाँ फिल्म ल्याउँथ्यो । बिहीबार, शनिबार म पनि भिडियो घरमा पुग्थेँ । नभए एनाकोन्डाले मुक्का हानिहाल्थ्यो । एनाकोन्डालाई एक्सन फिलिम निकै मनपथ्र्यो । अझ भिलेनले जिते झन् गजब । ‘मु... जहिले पनि हिरोले जित्नुपर्ने ?’ एनाकोन्डा रिसाउँदै भन्थ्यो । लबस्टोरी फिल्म चाहिँ आसिकीर दिवानाले मन पराउँथे । फिलिम हेर्न जानेमध्ये कोही एक्सन फिलिममा ताली पिट्थे । कोही लबस्टोरीमा रमाउँथे, कोहीलाई जस्तो भए पनि हुन्थ्यो ।
एउटा कुरामा समानता थियो, एनाकोन्डाले ताली बजाएको सिनमा सबैले बजाउनै पथ्र्याे । जसले ताली बजाउँदैनथ्यो, उसलाई एनाकोन्डाले बाहिर पठाइदिन्थ्यो ।
‘साउ भएर मात्या ! बाहिर जाउ मु...’ सुपारीले ताली बजाएन भने यसो भन्थ्यो ।
माटोको सानो घरमा छिँडीको कोठा थियो । २० जनासम्म बस्न मिल्थ्यो । नयाँ फिल्म आउने दिन ३० जनाभन्दा बढी हुन्थे । कोही उभिन्थे । कोही भ¥याङमा थचिन्थे ।
‘धेरैजना नराख,’ एनाकोन्डाले मात्रै भन्न सक्थ्यो । एनाकोन्डाले भनेपछि सुपारीले मान्थ्यो । खुरुखुरु पैसा फिर्ता गर्दै पठाइदिन्थ्यो ।
टिभी अघिदेखि चलिरहेको रहेछ । एनाकोन्डाभित्र पस्यो । ऊभित्र पस्नेबित्तिकै ठाउँ पाइहाल्थ्यो । ऊ आफू बसेपछि अरुका लागि ठाउँ बनाउँथ्यो । कसैले अटेरी ग¥यो भने कठालोमा समातेर ढोकाबाहिर पठाइदिन्थ्यो । उसको अगाडि कसैको बोल्ने आँट भए पो ! उसको ग्याङको सदस्य भनेपछि सबैजना टाढा–टाढा हुन्थे ।
उठाएको पैसा सुपारीलाई दिए । नगनी पैसा एउटा मुठो बनाएर अगाडिको खल्तीमा हाल्यो । सुपारी सबैभन्दा अगाडि थियो । सानो ढोका खुल्दै, लाग्दै गथ्र्याे । भूतको फिल्मको जस्तो डरलाग्दो आवाज निस्किन्थ्यो । सबैजना ढोकाको आवाजतिर हेर्थे । ढोका खुलेपिच्छे र पैसा लिँदा–दिँदा टर्चको उज्यालो मान्छेको मुखमा पाथ्र्याे । को आए, को आउन बाँकी हुन्, को नआउने हुन्, सुपारी मनमनै हिसाब गरिरहेको हुन्थ्यो । ऊ दिनभरि नै सुपारी चपाइरहन्थ्यो । कुरा गर्दा सुपारीको खुप स्वाद लिन्थ्यो । मुखको कापकापमा चपाएको सुपारी देख्दा घीन लाग्थ्यो । बेलाबेला जिब्रोले ओठको काप सफा गथ्र्यो ।
फिल्म सुरु हुन लाग्यो । सबैतिर अँध्यारो भयो । टर्चको उज्यालो र टिभीको प्रकाशले देखिएअनुसार भिडियो घरमा गान्धी स्कुलका अरु पनि विद्यार्थी थिए । ताक परे मास्टरै आउन सक्थे, केको विद्यार्थी मात्रै ।
फिल्म आधा भएपछि मुत्ने र चुरोट खाने समय हुन्थ्यो । सुपारीले ‘तात्छ’ भनेर टिभी बन्द ग¥यो । एनाकोन्डा बाहिर निस्किएपछि मात्रै सबैजना बाहिर निस्किए । जिउ तन्काए । पछाडि गोठको छेउमा गए । मुत्न ठाउँ पाउनै मुस्किल भयो । चुरोट नखाने जति भित्र गएर बसे । एनाकोन्डा, ब्रुस लीले चुरोट सल्काए । धुवाँ उडाउन पालो पर्खिएका अरु पनि थिए । सुपारी जहिले पनि ‘चुरोटचाहिँ नखाओ केटा हो’ भन्थ्यो । ‘यत्रो ! बाउले भनेको मानिएन । त्यसले भनेको किन मान्ने ?’ एनाकोन्डाको जवाफ थियो यो ।
‘सुरु भयो है,’ सुपारी बेस्सरी करायो । त्यसरी कराउनुको सट्टा ‘एउटा घन्टी ल्याएर राख्छु,’ भन्थ्यो । त्यो दिन कहिल्यै आएन । ‘तिम्रो कुरा र हर्केको बौको गु... एउटै ।’ ब्रुस लीले अन्तिम सर्काे तानेर भित्र पस्दै भन्यो । सबै हाँसे । भित्र पस्दा एकपटक ढोका पूरै ढाकेर उभिनैपथ्र्याे एनाकोन्डालालाई । उभियो ।
‘एउटा घन्टी ल्याउन नसके कि आफ्नै गु... काटेर झुन्ड्याउ,’ एनाकोन्डाले बस्दै भन्यो । सबै हाँसे ।
‘किन्न नसके साइकलकै घन्टी ल्याएर राखे नि भो,’ एनाकोन्डा प्रहार गरिरहेकै थियो । सुपारी मुसुमुसु हाँस्यो लाज मिश्रित हाँसो ।
‘तिमी यसो गर । एउटा राम्रो उपाय सिकाइदिन्छु, एउटा थाल ल्याएर झुन्ड्याउ है, प्लेट भए पनि हुन्छ । अनि चम्चाले बजाउ,’ एनाकोन्डाले देब्रे हातको हत्केलालाई प्लेट र दाहिने हातको चोर औँलोलाई चम्चा बनाएर देखायो । सबै मज्जाले हाँसे । बरु फिलिम हेर्दा त्यसरी हाँसेनन् । सुपारीको लाज मिश्रित हाँसो बन्द भयो । एनाकोन्डाले फिल्म सुरु गर्ने आदेश दियो ।
फिल्म सकियो । फर्किंदा गीत गाए, एनाकोन्डा, ब्रुस ली दुवैैले ।
‘तँ बरु मलाई मर्ने गरी एक लात हान्, सहन्छु । गीत नगा,’ ब्रुस लीले गाउन थालेपछि एनाकोन्डाले भन्यो ।
‘अँ, तँचाहिँ नारायणगोपाल । आहा ! तेरो स्वर त,’ ब्रुस लीले प्रतिवाद ग¥यो ।
‘तेरैजस्तो चाहिँ छैन, बाँसको ढुङ्ग्रोमा मुतेजस्तो । साला, अमरिस पुरी,’ एनाकोन्डाले फेरि थप्यो । बाटोमा भेटिएको मोजाको डल्लोलाई एक लात हान्यो । आषिकी, दिवाना मुसुमुसु हाँसे । दुवैजना मोजाको डल्लोलाई पास खेल्न थाले । केटाहरूको खुट्टा चिलाउँदो हो कहिलेकाहीँ गोबरको रासलाई पनि लात हान्थे ।
‘गितार किनेर गाउन थालेपछि देख्लास्,’ ब्रुस लीले फूर्ति लगायो ।
‘त्यसो भए गाउँमा अर्काे थपिने भयो,’ एनाकोन्डाले सहज भएर भन्यो ।
‘के ?’
‘पागल,’ एनाकोन्डाले छोटो उत्तर दिएर बेस्सरी हाँस्यो ।
नयाँ फिल्म हेरेको दिन कसले छुन सक्ने ? फिल्मको भूत चढेर आगो हुन्थे सबैजना । कोही गीत गाउने, कोही मनपरी भन्ने, कोही कलाकारको नक्कल गर्ने, बस्तीमा पस्दा डढेलो सल्केझैँ हुन्थ्यो । केटाहरू छुट्टिएर आफ्ना–आफ्ना घर गए । म ओइलाएको सागको पातजस्तो भएर घर फर्किएँ ।

एनाकोन्डा, ब्रुस ली, आषिकी, दिवाना गाउँकै डन थिए । पाखुरामा, कसैले छातीमा नाम अनुसारकै ट्याटु पनि बनाएका थिए । आसिकी र दिवानाले आफ्नो प्रेमिकाको नाम लेखेर पाखुरा छियाछिया थियो । उनीहरूले हाम्रो खलककै नाम राखिदिएका थिए, दुई आने । किनकि हाम्रो घर साढे दुई आनामा बनेको थियो । बस्तीमा एक आने पनि थिए ।
सबैसँग जोरी खोज्ने एनाकोन्डा ग्याङले परिवर्तनसँग जोरी खोज्न सकेन । एनाकोन्डा ग्याङको दशकले यसरी पल्टा खायो । परिवर्तन सँगै ग्याङका कोही जँड्याहा भएछन्, कोही खाडी मुलुकमा गएछन्, कोही पागल भएछन्, कोही खलासी । टाइटानिकले दुइटी बिहे गरेछ ।
‘तिमी त कलाकार भएछौ । मलाई पनि तिम्रो लाइनमा काम दिन्छौ ?’ थकित, दुब्लो मरन्च्याँसे एनाकोन्डाले मलाई आग्रह ग¥यो । १५ वर्षपछि एउटा चिया पसलमा चिया खाँदै गर्दा ऊसँग भेट भएको थियो । उसको मुखबाट ह्वास्स रक्सी गन्हानाएको थियो ।

प्रकाशित: ३१ भाद्र २०७४ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App