coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

६६ सय २७ जनप्रतिनिधि चुनिँदै

काठमाडौं – प्रदेश नम्बर २ को स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि सोमबार निर्वाचन हुँदैछ ।  निर्वाचनमा ३७ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये १४ हजार ३७५ महिला छन् । आवश्यक पदभन्दा ६ गुणा बढी उम्मेदवार मैदानमा छन्। 

आठ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि विभिन्न राजनीतिक दल र कतिपय स्थानमा स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन् । 

तीमध्ये एकजना महिला सदस्य र ७ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। 

आवश्यकभन्दा ६ गुणा बढी उम्मेदवार मैदानमा उत्रिएका छन् ।

आयोगको तथ्यांकअनुसार नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदका लागि १ हजार ७ सय ९ पुरुषको उम्मेदवारी परेको छ । त्यसैगरी प्रमुख र अध्यक्ष पदमा ६१ महिलाले उम्मेदवारी दिएका छन् । पप्रमुख÷उपाध्यक्षमा ९ सय १९ महिला मैदानमा छन् ।

यसअघिका दुई चरणका चुनावमा जस्तै प्रमुख पदमा पुरुष उम्मेदवारकै वर्चस्व र उपप्रमुखमा महिला उम्मेदवार देखिएका हुन् । संविधानअनुसार प्रमुख वा उप्रमुख पदमा अनिवार्य महिला हुनुपर्ने प्रावधानले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलाको उम्मेदवारी बढी परेको हो । 

वडाध्यक्षमा ८ हजार ५२ पुरुष र २ सय २३ जना महिला प्रतिस्पर्धामा छन् । महिला सदस्यमा ६ हजार ४ सय ९८ जनाले उम्मेदवारी दिएरका छन् । त्यसैगरी दलित महिला सदस्यमा ६ हजार १ सय ८८ जना चुनावी मैदानमा छन् । 
खुला सदस्यमा १२ हजार ९ सय ३ जना पुरुष र ४ सय ६८ जना महिला प्रतिस्पर्धामा छन् । 

एक सय ३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनकपुर गरी ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् । 

आयोगले मतदान केन्द्रमा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गरिरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीबाट सम्बन्धित मतदान केन्द्रमा मतपत्र वितरण भइरहेको आयोगले जनाएको छ । आयोगले परिचयपत्र वितरणका क्रममा निर्वाचन शिक्षा पनि सञ्चालन गरेको छ । 

 

प्रकाशित: १ आश्विन २०७४ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App