१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हङकङलाई हराउँदै नेपाल एसिसी यु-१९ पूर्वी क्षेत्र च्याम्पियन

काठमाडौं—नेपाल हङकङलाई हराउँदै एसिसी यु–१९ पूर्वी क्षेत्र छनौटमा च्याम्पियन बनेको छ। मलेसियामा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै नेपालले एशिया कप खेल्ने निश्चित भएको छ।

पहिला ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा अलआउट भएर ७६ रन बनाएको थियो। ७७ रनको लक्ष्यसहित मैदानमा उत्रेको नेपालको तेस्रो ओभरको पहिलो विकेट गुमेको थियो। दोस्रो विकेटका लागि सन्दीप सुनारले अनिलकुमार साहसँग २८ रनको साझेदारी गरे गर्दा नेपाली इनिङ सुदृढ देखियो। हङकङका करनदीपले सातौं ओभरमा सन्दीप र अनिलकुमारलाई आउट गरे।

मलेसियामा भएको खेलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै नेपालले एशिया कप खेल्ने निश्चित भएको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ३२.१ ओभरमा अलआउट भएको थियो। नेपालको धारिलो बलिङ र कसिलो फिल्डिङका सामु हङकङका ब्याट्सम्यान जम्न सकेनन्। पहिलो ओभरमै राग कपुरलाई अनिलकुमार साहको बलमा विकेट किपर आसिफ सेखबा क्याच भए।

नेपालका लागि सन्दीप लामिछानेले ८ रन दिएर ३ विकेट लिए। ६.१ ओभर बलिङ गरेका उनी आज पनि सशक्त सावित भए। शाहब आलमले ७ ओभर बलिङ गर्दै ३ विकेट लिएर १५ रन खर्चिए। उनले दुई ओभर मेडन राखे। त्यसबाहेक अनिलकुमार साह र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

एसिसी यु १९ पूर्वी क्षेत्र छनौटमा सबै खेल जित्दै नेपाल च्याम्पियन बनेको हो। जितसँगै नेपाल एशिया कप खेल्ने निश्चित भएको छ।

प्रकाशित: १ आश्विन २०७४ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App