७ वैशाख २०८१ शुक्रबार
खेल

प्यालेस जित निकाल्न असफल

लन्डन– क्रिस्टल प्यालेस इङ्लिस प्रिमियर लिग इतिहासमा कुनै गोल नगरी पहिलो पाँच खेल हार्ने टोली भएको छ । रोए होड्सन प्रशिक्षणमा क्रिस्टल प्यालेसले शनिबार साथउह्याम्पटनलाई १–० को नतिजा सुम्पियो ।

स्टेभन डेभिसले छैटौं मिनेटमा गरेको गोल होड्सनको टोलीलाई निराश बनाउन पर्याप्त भयो । होड्सनले नेदरल्यान्ड्सका फ्रांक डी बोएरलाई प्रतिस्थापन गरेका हुन् । डी बोएरले ७७ दिन मात्र टोलीको प्रशिक्षण समाल्न पाए ।

होड्सनले यसअघि इङ्ल्यान्डको राष्ट्रिय टोली सम्हालेका थिए । युरोपियन च्याम्पियनसिपमा आयरल्यान्डसँग पराजित भएपछि होड्सन पदमुक्त भएका थिए । शनिबार सेलहस्र्ट पार्कमा पनि होड्सनले सुखद नतिजा निकाल्न सकेनन् । छैटौं मिनेटमा डुसान टेडिचले हानेको प्रहार वायन हेन्नेसीले राम्रो नियन्त्रणमा लिन नसक्दा पाएको बललाई डेभिसले पोस्टको दिशा दिएका थिए ।

क्रिस्टेन बेनटेको को प्रहार साउथह्याम्पटनका गोलकिपर फ्रासेर फोर्सटरले बचाइदिएपछि क्रिस्टल प्यालेसले बराबरी गर्ने मौका गुमायो । पाँच खेल सकिँदा क्रिस्टल प्यालेस लिगको पुछारमा छ भने साउथह्याम्पटनले ८ अंक बटुलेको छ ।
जर्मेन डियोफको गोलप्रेरित बर्नमाउथले शुक्रबार ब्राइटनलाई २–१ ले हराउँदै चार खेलसम्मको हारको शृंखला अन्त्य गरेको छ । 

अग्रपंक्तिमा प्रभावशाली प्रदर्शन गरेका ३४ वर्षे इङ्ल्यान्डका फरवार्डले ७३औं मिनेटमा जोर्डन इवेको पासमा विजयी गोल गरेका थिए । ६५औं मिनेटमा मैदान छिरेका विंगर इवेले एन्ड्रयु सरमनले गरेको बराबरी गोलमा पनि अवसर सिर्जन गरिदिएका थिए ।

२०१६ मा क्लबको कीर्तिमानी रकम २ करोड ४ लाख अमेरिकी डलरमा लिभरपुलबाट बर्नमाउथ आएका इवे प्रभाव जमाउन संघर्षरत छन् । ‘उनले अभ्यासका क्रममा सधैं राम्रो गरेको हामीले देखिरहेका छौं,’ इवेबारे बर्नमाउथका प्रशिक्षक इडी हावेले भने, ‘मलाई विश्वास छ यसले उनको मनोबल बढाएको छ ।’

ब्राइटनका विंगर सोले मार्चले ५५औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिएका थिए । २०००÷१ सिजन लोनमा बर्नमाउनथ आएका डियोफलले त्यो बेला प्रिमियर लिगको लगातार १० खेलमा गोल गरेका थिए । सन्डरल्यान्ड गत सिजन रेलिगेसनमा परेपछि डियोफ पुनः बर्नमाउथसँग अनुबन्धित भएका हुन् । ‘बर्नमाउथलाई पछिल्लो पल्ट गोल गरेको ५ हजार ९ सय ७७ दिनपछि आज गोल गरें,’ डियोफले ट्विट गरेका छन्।

 

प्रकाशित: १ आश्विन २०७४ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App