coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

'छक्का पञ्जा २' फूलपातीदेखि, कलाकार टोली देश दौडाहामा

हेटौंडा— बहुप्रतिक्षित नेपाली फिल्म छक्का पञ्जा २ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट प्रचारप्रसारमा लागेका छन्। प्रचारलाई मोफसलमा राम्रोसँग गर्न सके फिल्मले उच्च सफलता हासिल गर्नेमा टोली बिश्वस्त देखिन्छ।

असोज ११ गते अर्थात् बडादशैँको फूलपातीबाट प्रदर्शनमा आउने फिल्म टोलीले बिहीबारबाट प्रचारप्रसारलाई तीब्रता दिएको हो। फिल्म टोलीले ‘एक्सप्रेस कमेडी टुर’ नाम दिएर दमकबाट प्रचार शुुरु गरेको हो। शुक्रबार ईटहरीमा प्रचार गरेको टोलीले शनिबार हेटौंडामा पत्रकारसँग अन्तरक्रिया गर्दै एक्सप्रेस कमेडी टुर पनि प्रदर्शन गरे।

फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, अष्ट्रेलिया जस्ता बिकशीत देशको सपना देख्ने युवाको कथा फिल्ममा रहेको खुलासा गरे । उनका अनुसार पश्चिमेली युवाको सामाजिक समस्यालाई फिल्मले उजागर गरिनेछ । उनले छक्का पञ्जा जत्ति अपेक्षा छक्का पञ्जा २ मा नगर्न आग्रह गर्दै उनले भने, ‘हामीले पहिलेको रेकर्ड ब्रेक गर्ने सोचेका छैनौ ।’

फिल्मको हरिवंश आचार्य र आस्था राउतले गाएको ‘झ्याम्म झ्याम्म’ र ‘ए दाजु नसमाउ नाडीमा जान्न म त डिजेलको गाडीमा’ बोलको गीत निकै चर्चित भइसकेको छ ।

फिल्मकी निर्देशक दीपाश्री निरौलाले फिल्म सिक्वेल भए पनि कथादेखि संगीत र सम्वाद समेत पृथक रहेको बताइन्। उनका अनुसार फरक स्वाद दिनै संगीतकार समेत परिवर्तन गरिएको छ। गम्भीर घटनालाई हाँस्य–व्यङ्ग्यमा प्रस्तुत गरिएको दाबी गर्दै उनले बाँकी सस्पेन्ड थाहा पाउन फिल्म हेर्नुपर्ने बताइन् । फिल्मको प्रचारात्मक कार्यक्रम आईतबार नारायणगढ, सोमबार बुटवल र मंगलबार पोखरामा गरिने उनले बताइन्। फिल्मकी नायिका प्रियंका कार्की र बर्षा राउतले अघिल्लो फिल्ममा भन्दा सशक्त भूमिकाका साथ शिक्षा र चेतनामूलक फिल्ममा खेल्न पाएकोमा खुशी व्यक्त गरे।

टुरमा फिल्मकी निर्देशक निरौला तथा कलाकारहरु दीपकराज गिरी, बर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, स्वरुपपुरुष ढकाल लगायत सहभागी छन् । फिल्ममा भने शिवहरि पौडेल, बुद्धि तामाङ, किरण केसी पनि मुख्य भूमिकामा रहेका छन् ।

फिल्म टोली पोखराबाट काठमाडौं फर्किने र रिलिज पश्चात पुनः हलमा दर्शक प्रतिक्रिया बुझ्न मोफसलका बाँकी स्थानमा जाने बताईएको छ । आमा सरस्वती मुभीज र आईएमईको ब्यानर, दीपक–दीपाको प्रस्तुती तथा विकास आचार्य कार्यकारी निर्माता रहेको फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

डेढ करोडको लागत रहेको फिल्ममा २ वटा गीत रहेको छ । फिल्मको काठमाडौँ पोखरा, गुल्मी, पाल्पा, पनौती लगायतका स्थानहरुमा छायाङ्कन गरिएको छ। 

फिल्मको हरिवंश आचार्य र आस्था राउतले गाएको ‘झ्याम्म झ्याम्म’ र ‘ए दाजु नसमाउ नाडीमा जान्न म त डिजेलको गाडीमा’ बोलको गीत निकै चर्चित भइसकेको छ ।

प्रकाशित: १ आश्विन २०७४ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App