८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधि सभा र प्रदेश सभाका लागि माओवादीले  उम्मेदवार  छान्यो

जाजरकोट—आगामी  मंसिर १० गते हुने  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले जाजरकोटमा  आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ। प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा माओवादीले  प्रत्यक्ष तर्फका सवै उम्मेदवारहरुको  सर्वसम्मत टुंगो लगाएको हो।

दुई दिनसम्म सदरमुकाम खलंगामा चलेको पार्टी अगुवा कार्यकर्ता भेलाले  प्रतिनिधि सभाका लागि पूर्व गृहमन्त्री एवम वर्तमान सांसद शक्तिवहादुर बस्नेत तथा   प्रदेश सभाको  लागि  क्षेत्र नम्वर १ मा  गणेशप्रसाद सिंह र क्षेत्र नम्वर  २ मा नरवहादुर कार्कीको नाम टुंग्याएको  माओवादी केन्द्र जाजरकोटका  संयोजक ढकवीर रानाले  बताए। 

प्रतिनिधि सभाका लागि पूर्व गृहमन्त्री एवम वर्तमान सांसद शक्तिवहादुर बस्नेत तथा   प्रदेश सभाको  लागि  क्षेत्र नम्वर १ मा  गणेशप्रसाद सिंह र क्षेत्र नम्वर  २ मा नरवहादुर कार्कीको नाम टुंग्याएको  माओवादी केन्द्र जाजरकोटका  संयोजक ढकवीर रानाले  बताए। 

पार्टीको  भेलाले  उनीहरुको नाम सर्वसम्मत रुपमा  टुंगो लगाएको  उनले बताए। संयोजक रानाका अनुसार समानुपातिक तर्फका उम्मेदवारहरुको नाम भनेपछि टुंगो लाग्ने छ।  संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि  प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम टुंगो लगााएर  चुनाव प्रचार अभियानलाइ  तीव्र बनाउने  माओवादीको योजना रहेको बताइएको  छ। 

काँग्रेस र एमालेले भने उम्मेदवार चयन गरिसकेका छैनन्। काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि राजीव विक्रम शाहको नाम  सर्वसम्मत जस्तै  हुने  सम्भावना छ। प्रदेश सभाका लागि भने  दुवै क्षेत्रमा  धेरैले इच्छा  देखाएको  नेपाली काँग्रेस क्षेत्र नं १का  सभापति  महेन्द्रवहादुर शाहले बताए।  उनका अनुसार क्षेत्र नं १ बाट वेदराज सिंह, वीनवहादुर सिंह, मैना कार्की, मुक्तिप्रसाद आचार्य लगाएतले दावी गरेका छन् भने  क्षेत्र नम्वर दुइमा  दीपकजंग शाह, खडक विसी, रत्नवहादुर खड्का, खडकवहादुर वुढा इलमवहादुर शाहीले इच्छा देखाएका छन्। शाह काँग्रेस जाजरकोटका सभापति तथा पूर्व सांसद हुन्। विसी पार्टी सचिव, वुढा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य, शाही नेपाल शिक्षक संघका  केन्द्रिय उपाध्यक्ष हुन्। 

एमालेबाट प्रतिनिधि सभाका लागि  भैरव सुन्दर श्रेष्ठ, र गोविन्दविक्रम शाहको नाम चर्चामा छ। श्रेष्ठ तत्कालीन जिविसका पुर्व सभापति  र पार्टीका वर्तमान केन्द्रिय सदस्य र शाह पुर्व सासँद तथा  पार्टीको केन्द्रिय सल्लाहाकार सदस्य हुन्।   एमाले  जाजरकोटका  नेता  नगेन्द्र शाहका अनुसार  प्रदेश सभाका लागि क्षेत्र नं १मा  डम्वरवहादुर सिंह, निरज आचार्य र कमानवहादुर खड्काले दावी  गरेका छन्। सिंह दोश्रो संविधान सभाको निर्वाचनमा पनि  उम्मेदवार थिए  भने आचार्य युवा संघ नेपालका पुर्व महासचिव हुन्।

खड्का राप्रपाबाट डेढ वर्ष अघि एमालेमा प्रवेश गरेका थिए। त्यस्तै क्षेत्र नम्वर २मा  कृष्णवहादुर विसी, करवीर शाही, रत्नप्रसाद न्यौपाने  लगाएतले दावी गरेका छन्। बिसी  तत्कालीन जिविसका पुर्व उपसभापति र  विगतका दुई वटा संविधान सभाका निर्वाचनमा  उम्मेदवार थिए, शाही एमाले जाजरकोटका अध्यक्ष र  शर्मा पुर्व साँसद हुन्। विगतका  संसदीय र  संविधान सभाका निर्वाचनहरुमा  कोही पनि  पार्टीका कुनै पनि उम्मेदवारहरुले दोस्रो पटक चुनाव जितेको रेकर्ड नभएको  जाजरकोटमा  यस पटक तीन पार्टीका तीन उम्मेदवारहरु विगतका  निर्वाचनमा एक पटक जितिसकेकाहरु नै उठने सम्भावना छ। प्रदेश सभाका लागि भने   अधिकांश नयाँ उम्मेदवारहरु हुने  देखिएको छ। 

२०१५ सालको आम निर्वाचन हुँदा एउटा मात्र क्षेत्र रहेको जाजरकोटमा नेपाली काँग्रेसका  स्वयमप्रकाश विक्रम शाहले जितेका थिए। २०४८ को आम निर्वाचनमा  क्षेत्र नम्वर १ वाट  काँग्रेसका द्वारिकाप्रसाद प्रधान र क्षेत्र नम्वर २ बाट एमालेका  कृष्णवहादुर शाहीले जितेका थिए। त्यस्तै २०५१ को मध्यावधि निर्वाचनमा दुवै क्षेत्रमा  नेपाली काँग्रेसका झलकनाथ वाग्ले र दीपकजंग शाहले जितेका थिए।  

२०५६ मा क्षेत्र नं. १ बाट राप्रपाका गोविन्द्रविक्रम शाह, २ बाट एमालेका रत्नप्रसाद न्यौपाने, २०६४को पहिलो संविधान सभाको निर्वाचनमा  दुवै क्षेत्रवाट माओवादीका  कालीबहादुर मल्ल र  भक्तवहादुर शाहले चुनाव जितेका थिए। २०७० मा भएको दोश्रो  संविधान सभाको निर्वाचनमा  क्षेत्र  नम्वर १ बाट माओवादी केन्द्रका  शक्तिवहादुर बस्नेत र  २ वाट काँग्रेसका  राजीबविक्रम शाहले चुनाव जितेका थिए। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा   जाजरकोटका  सात स्थानीय तह मध्य   तीन  स्थानीय तहमा  एमाले, दुईवटामा  काँग्रेस र दुईवटामा माओवादी केन्द्रले जित हात पारेका छन्। जाजरकोटमा  काँग्रेस एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ।

 

प्रकाशित: १ आश्विन २०७४ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App