७ वैशाख २०८१ शुक्रबार
अर्थ

दशैले महंगियो खसीको मूल्य

सिन्धुली- दशैं नजिकिदै गर्दा सिन्धुलीमा खसीबोकाको भाँउ ह्वात्तै बढेको छ। दशै नजिकिदै गर्दा व्यापारीहरुले जिउँदो खसीको मुल्यमै बढाएको उपभोक्ताहरुको गुनासो छ।

यहाँका हाटबजारमा विक्री गर्न गाँउगाँउबाट ल्याइएका खसीको मूल्य बढाइएको उपभोक्ताको गुनासो छ। दशैंको सिजनमा अधिकांशको घरमा खसी काटिने भएपछि खसीको मूल्य बढेको हो।  दशै नजिकिएसँगै सिन्धुलीमाढीमा खसी व्यापार समेत बढेको छ। गत बर्षको तुलनामा यस बर्ष जिउँदो खसी धार्निको तीन सय रुपैयाँ सम्म व्यापारीले बढाएका छन्। दशै नजिकिएसँगै गाँउमा बाख्रा पालक किसानहरुले आफु खुशी मूल्य बढाउन थालेपछि सदरमुकाम सिन्धुलीमाढीसम्म व्यापार गर्न आएका व्यापारीले उक्त मुल्य बढाएका हुन्। 'गत बर्ष हामीले १२ सय रुपैयाँ धार्निको जिउँदो खसीको कारोबार गरेका थियौ', खसी बेच्नका लागि सदरमुकाम आएका व्यापारी जोकमणि विकले भने–‘यसबर्ष गाँउमै महङगो छ । ’ किसानहरुले खसी बाख्रा कम पाल्न थालेपछि पछिल्लो समय खसीको उत्पादन घटेको छ। विभिन्न संघसंस्थाले बाख्रा पालन व्यवसायलाई सघाउदै आएपनि यो व्यवसायले गाँउमा अझै आर्थिक अवस्था धान्न नसक्ने भन्दै युवायुवतीहरु रोजगारका लागि बाहिरीएपछि खसी उत्पादनमा कमी हुन आइ महङगो भएको किसानहरु बताउँछन्।

         

 

प्रकाशित: १ आश्विन २०७४ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App