खड्काले संसदलाई ढाँटेको खुलासा

अायल निगम प्रमुख खड्काको अर्को झुट

आइतबार, ०१ असोज २०७४, १६ : २३ नागरिक


काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई समेत गुमराहमा राखेर झूटो बयान दिएको तथ्य फेला परेको छ। व्यवस्थापिका–संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवालीका पिताको भैरहवास्थित जग्गा नकिनेका कारण समाचार लेखेको झूठा बयान दिएर संसदलाई समेत गुमराहमा राख्ने काम गरेका छन्। 

‘नागरिक दैनिकको प्रकाशक म विनोदराज ज्ञवाली, मेरा पिता हेमराज ज्ञवाली र मेरो परिवारको नाममा भैरहवामा जग्गाजमिन छैन,’ उनले भने, ‘नभएको जग्गा बेच्न खोजेको भनेर भ्रम पार्न खोज्नेमाथि थप छानबिन हुनुपर्छ।’

निगम कार्यकारी निर्देशकले संसदलाई समेत गुमराहमा राख्ने गरी वयान दिएको देखियो,’ नेपाल रिपब्लिक मिडियाका कार्यकारी निर्देशक विनोदराज ज्ञवालीले अाइतबार नागरिक्युजसँग भने, ‘भैरहवा जग्गा पास गरेको भोलिपल्टदेखि न्यूजले फलोअप गरेको देखियो। कारण के रहेछ भने त्यो १९ लाख वाला नागरिकका ज्ञवालीको बाउको रहेछ’ भन्नेजस्तो भ्रामक, अतिशयोक्तिपूर्ण, कपोलकल्पित र अपहेलनापूर्ण अभिव्यक्तिप्रति मेरो आपत्ति छ।’

प्रतिशोध साँध्न खड्काले संसदलााई समेत ढाँटेको देखिएपछि सोबारे नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक ज्ञवालीले स्पष्ट पारेका हुन्।

‘नागरिक दैनिकको प्रकाशक म विनोदराज ज्ञवाली, मेरा पिता हेमराज ज्ञवाली र मेरो परिवारको नाममा भैरहवामा जग्गाजमिन छैन,’ उनले भने, ‘नभएको जग्गा बेच्न खोजेको भनेर भ्रम पार्न खोज्नेमाथि थप छानबिन हुनुपर्छ।’

सार्वजनिक निकायमा बस्ने पदाधिकारीले संसदमा आएर दिएको झूठो बयानका आधारमा अपहेलनाको कारवाही हुनुपर्ने माग समेत ज्ञवालीको छ । ‘म, मेरो परिवार र मेरो प्रकाशनको विश्वसनियतामा आँच आउने गरी संसदको समितिमा दिएको झूठो बयानका निम्ति कानुनी उपचारसमेत खोज्ने छु।’

अायल निगमका कार्यकारी निर्देशक खड्का जग्गा खरिदमा भएको करिब १ अर्ब ६७ करोड रुपैयाँ अनियमिततामा मुछिएको प्रकरणबारे नागरिक दैनिकले खोजी सामग्री प्रकाशित गर्दै अाएको छ।

ह्‌यासट्याग:







यसमा तपाईको मत

सम्बन्धित समाचार


तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...