१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिजको जित

चेस्टर ली स्ट्रिट– वेस्ट इन्डिजले शनिबार इङ्ल्यान्डलाई २१ रनले पराजित गर्दै एक मात्र अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलको शृंखला जितेको छ।

वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको विजयलक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५५ रन मात्र जोड्न सक्यो।

खाता नखोल्दै ओपनर जेसन रोएलाई गुमाएपछि दबाबमा परेको इङ्ल्यान्डको इनिङ कप्तान जो रुट र अर्का ओपनर एलेक्स हेल्सले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै उकासेका थिए।

हेल्सले ४३  र रुटले १७ रन जोडे । १७ बल खेलेका हेल्सले ४ चौका प्रहार गर्दा १९ बलको सामना गरेका रुटले २ चौका प्रहार गरे । त्यस्तै जस बट्लरले ३० रन जोडे।

वेस्ट इन्डिजका कप्तान कार्लोस ब्राथबेट र क्रेसेक विलियम्सले समान ३ विकेट लिँदा सुनिल नारेनले २ विकेट लिए भने एस्ले नर्स र जेरोमी टेलरले समान १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल खडा गरेको थियो।

वेस्ट इन्डिजका इभिन लुइस र क्रिस गेलले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए । २८ बल खेलेका लुइसले ६ चौका र ३ छक्काको मद्दतमा ५१ र २१ बलको सामना गरेका गेलले ३ चौका र ४ छक्का मद्दतमा ४० रनको योगदान दिए । त्यस्तै रोभमान पावेलले २८ रन जोडे।

इङ्ल्यान्डका लियाम प्लङ्केट र इडिल रासिदले समान ३/३ तथा क्रिस जोर्डन र टम कुर्रानले समान १/१ विकेट लिए ।

प्रकाशित: २ आश्विन २०७४ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App