७ वैशाख २०८१ शुक्रबार
अन्य

चुडामणि शर्माको घरमा कसरी भयो विस्फोट प्रयास? (फोटो फिचर)

चुणामणि शर्माको घरको गेटमा अागोले पुर्‍याएको क्षति (रातो घेरा भित्र) तस्विरः केशव

काठमाडौं— आइतबार राति कृष्ण खड्काको परिवार खाना खाएर सुतिसकेको थियो। उनी बुढानिलकण्ठ नगरपालिका वडा नं. २ महादेव खोला टोलका बासिन्दा हुन्। उनको घरसँगै एउटा कम्पाउन्ड भएको घर छ। चारैतिर पर्खाल लगाइएको त्यो घर मासिक करिब ४० हजार तलब थाप्ने राष्ट्रसेवक सहसचिव चुडामणि शर्माको हो।

सधैँ झै आइतबार साँझ शर्मा परिवार खाना खाएर सुत्यो। तर मध्यराति करिब १२:३५ बजे घरको गेटमा एउटा भयानक दृश्य देखियो। छिमेकी पनि निदाइसकेका थिए। तर मध्यराति एक्कासि टोलै उज्यालो भयो। शर्माको घरको गेटमा ठूलो ज्वालासहित हुरहुर आगो दन्किँदा टोल उज्यालो भएको थियो। आगोको ज्वाला देखेर छिमेकी कृष्ण खड्का ब्युँझिए।

आगो निभाइसकेपछि थाहा भयो त्यहाँ दुई वटा ग्यास सिलिन्डिरलाई जोडेर आगो सल्काइएको रहेछ। केहीबेर आगो बल्न पाएको भए सिलिन्डर विस्फोटको खतरा रहेछ।

कम्पाउन्डले घेरिएको घर गेटभन्दा केही परै पर्छ। तर खड्काको घर भने गेटसँगै जोडिएको छ। छिमेकीहरुका अनुसार कम्पाउन्डभित्रको जग्गा करिब २३ अाना हो। एक्कासि आगोको ज्वाला देखेकी उनकी २१ वर्षे छोरी सिर्जना बेहोस भइन्। सम्भावित खतरालाई ध्यानमा राख्दै उनले परिवारका अन्य सदस्यलाई पनि ब्युँझाए। अशोक र जनक खड्का एवं अर्का छिमेकी हिरालाल गुरुङ पनि त्यतिबेला सम्म जागिसकेका थिए।

खड्काले घरभित्रबाट पानी तान्ने पाइप निकाले। ट्याङ्कीमा जोडे। मोर्टर अन गरे अनि दन्किरहेको ग्यास सिलिन्डरतर्फ सोझ्याए। एक किसिमको दमकल शैलीमा उनले आगो नियन्त्रणमा लिन सफल भए।

आगो निभाइसकेपछि थाहा भयो त्यहाँ दुई वटा ग्यास सिलिन्डिरलाई जोडेर आगो सल्काइएको रहेछ। केहीबेर आगो बल्न पाएको भए सिलिन्डर विस्फोटको खतरा रहेछ। तत्काल आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन पाएन। आगो निभाएको केही बेरपछि चुणामणि शर्माको परिवार के भयो? भन्दै गेटमा आइपुग्यो। आगो निभाएको करिब ३५ मिनेटपछि प्रहरी टोली घटनास्थलमा आएर सोधीखोजी थाल्यो।

घटना को संलग्न थिए र के उद्देश्यले घटना गराएको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

शब्द/तस्विर: केशव थोकर

चुणामणि शर्माको घरको गेटमा अागोले पुर्‍याएको क्षति (रातो घेरा भित्र) तस्विरः केशव
चुणामणि शर्माको घरको गेटमा अागोले पुर्‍याएको क्षति (रातो घेरा भित्र) तस्विरः केशव
चुणामणि शर्माको घरको गेटमा अागोले पुर्‍याएको क्षति (रातो घेरा भित्र) तस्विरः केशव
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App