coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मध्यपहाडी लोकमार्ग नेपाल-भारत सीमा पुर्‍याउने तयारी

पाँचथर उत्तरी च्याङ्थापु बजारभएर अघि बढेको मध्यपहाडी लोकमार्ग। यहिँबाट नयाँ सरचना बनाएर लोकमार्ग फालोट लैजाने तयारी भएको छ। तस्बिरःगिरिराज बाँस्कोटा

पाँचथर- पहाडै–पहाड पूर्व–पश्चिम जोड्न पुष्पालाल (मध्यपहाडी) लोकमार्गको रुट परिवर्तन गरेर नेपाल र भारतको सिमाना फालोट पुर्‍याउने तयारी भएको छ। लोकमार्गको सुरुवती विन्दु मानिएको चिवा भञ्याङमा भारतको सिक्किमतर्फ सडक नभएकाले पाँचथरको उत्तरी च्याङ्थापु बजारदेखि नयाँ ट्याक बनाएर सिमानामा रहेको फालोट पुर्‍याउने तयारी भएको हो। यस अघि बनाइएको रुपरेखा परिवर्तन गरी फालोट लैजान लागिएको हो।

पाँचथरको चिवाभञ्याङ देखि वैतडीको झुलाघाट यसअघि लोकमार्गको सडक सरचना रहेको थियो।  चिवाभञ्याङलाई सुरुवाती विन्दु बनाएर लोकमार्ग निर्माण गरीएको थियो। भारत तर्फ सडक नभएको, वस्ती नभएको भन्दै भारतको सडक जोड्ने गरी फालोट लैजाने प्रयास भएको हो। फालोटसम्म भारतीयबाटो भएर सडक आउँछ। याङवरक गाँउपालिकोको च्याङ्थापुवाट घुमाएर नयाँ ट्याक खोली फालेलुङ गाँउपालिकाको फालोटसम्म लैजान लागिएको हो।

भारतको सिक्किमतिर सडक बनाउन पहल हुन नसकेकाले च्याङ्थापुदेखि फालोट लैजानका लागि प्रक्रिया अघि बढेको लोकमार्गको पूर्वी खण्ड हेरीरहेका सिनियर डिभिजनल इन्जीनियर सतेन्द्र शाक्यले जानकारी दिए । मध्यपहाडी लोकमार्गलाई फालोट लैजाने निर्णय अनुरुप काम भईरहेको बताईएको छ । परामर्शदाता मार्फत सर्वेको काम अघि बढेको उनले जानकारी दिए । दसैँपछि हुने सर्वे चार–पाँच महिनामा सकिएर ठेक्को प्रक्रिया अघि बढ्ने शाक्यले जानकारी दिए । ‘चिवाभञ्याङसम्म भारततर्फ सडक पनि छैन । उता संरक्षण क्षेत्र भएकाले बाटो ल्याउन कठिनाइ हुने देखियो । पहलपनि हुन सकेन’ शाक्यले सोमवार नागरिकसँग भने ‘सर्वेको जिम्मा दिइएको छ । चालु आर्थिक बर्ष देखिनै ठेक्काको प्रक्रिया अघि बढ्छ । फालोटसम्म भारतको सडक भएकाले पनि यो विकल्प रोजिएको हो। उच्च पहाडी क्षेत्रमा पर्यटकको चाप उच्च हुने भएकालेपनि यो सडक उपयुक्त विकल्प मानेका छौँ । उतापटि सडक नहुँदा चिवाभञ्याङलाई उपभोग गर्न सकिएन।’

पाँच बर्ष अघि चिवाभञ्याङमा लोकमार्गको ट्याक खुलेको थियो । च्याङथापुमाथि सुस्त गतिमा स्तरउन्नतीको काम भएको थियो । नेपाल भारतको सिमाना चिवा भञ्याङदेखि झण्डै ६ घण्टा पैदल यात्रा गर्दा पुगिने भारतको उतरेसम्ममात्र सडक रहेको छ । चिवाभञ्चाङसम्म भारतर्फ सडक बनाउन सरकारी तहवाट पहलनै हुन सकेन ।  स्थानीय तहवाट आवज उठेपनि पहल हुन सकेको थिएन।

फालोटपनि उच्च पहाडी क्षेत्रमा पर्छ । भारततर्फ सडक निर्माण भएको छ । सिमाना भएर सडक बनाइएको छ। च्याङ्थापुवाट मेमेङ हुदै फालोट सडक लैजानु पर्ने हुन्छ। फालोटमा दार्जेलिङ–मानेभञ्याङ–सन्दकपुर हुँदै सडक पुग्छ। सन्दकपुरदेखि २१ किलोमीटर टाढा फालोट पर्छ।

च्याङथापुदेखि १८ किलोमीटर सडक चिवाभञ्याङसम्म बनाइएको थियो । हिउँदमा स्तरउन्नती गर्दै सडक सञ्चालनमा ल्याने गरिएको थियो । घुम्न जानेहरुमात्र यो वाटोको उपभोग गर्थे । ताप्लेजुङको उत्तरी क्षेत्रलाईसमेत दृष्टिगत गर्दै सडक पुर्‍याइएको हो । च्याङथापुवाट फालोट लैजादा दोहोरो खर्च हुने भएको हो । सुरुवातमै ख्याल नगर्दासमस्या देखिन्छ । चालु आर्थिक बर्षमानै ठेक्का लगाई सक्ने योजना भएको शाक्ले बताए।

 

प्रकाशित: २ आश्विन २०७४ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App