१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्यान्भास वाइन बजारमा

काठमाडौं– संकटा वाइन एन्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गरे। 

कम्पनीले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन किसिमका क्यानभास वाइन बजारमा उपलब्ध गराएको जनाएको छ। 
कम्पनीका अनुसार यी वाइन विशुद्ध अंगुरबाट उत्पादन गरिएका हुन् । क्यानभास वाइनको बजार मूल्य चार सय ९० रुपैयाँ तोकिएको छ । देशभरका मदिरा आउटलेटमा यी वाइन चाँडै पुग्ने कम्पनीले जानकारी दिएको छ। 

क्यानभास वाइन उत्पादन गर्न आवश्यक अंगुर भारतबाट आयात गरिएको छ । संकटा वाइन एन्ड वेभरेजका प्राविधिकले सर्वेक्षण गरेर गुणस्तरयुक्त देखिएपछि भारतको नासिकबाट अंगुर आयात गरिएको हो । आफैं प्राविधिक परीक्षण गरेर अंगुर आयात गर्ने यो नेपालको एक मात्र वाइन उद्योग भएको कम्पनीको दाबी छ। 

अहिले सात सय ५० एमएलको बोतल वाइन बजारमा पठाएको कम्पनीले चाँडै फ्यामेली वा पार्टी प्याक ल्याउने तयारी गरेको जानकारी दिएको छ । कम्पनीले काभ्रेको नालामा प्लान्ट स्थापना गरेको छ । कम्पनीले युरोपियन प्रविधिबाट वाइन उत्पादन गरेको छ । नेपालमा यस्तो प्रविधिबाट वाइन उत्पादन गर्ने यो एकमात्र वाइन कम्पनी हो । 

 

प्रकाशित: ३ आश्विन २०७४ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App