coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

१७ घण्टा पछि हेलिकप्टरबाट मतपेटिका ल्याईयो

सर्लाही- सर्लाहीको विकट ठाउँ साविक नारायणखोला गाविस हाल लालबन्दी नगरपालिका–१४ बाट मतगणना सम्पन्न भएको साढे १७ घण्टा पछि मतपेटिका अहिले बिहान साँढे १० बजे नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको छ।

लालबन्दी नगरपालिका–१४, डाईनी दोभान स्थित जनता प्रावि मतदान केन्द्रको १ तथा  सोही वडाको गाविस भवन मटर दोभान मतदान स्थलको क र ख मतदान केन्द्रका २ वटा मतपेटिका मंगलबार बिहान साढे १० बजे हेलिकप्टरबाट ल्याईएको लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत बाबुराम अधिकारीले जानकारी दिए । मतदान सम्पन्न भए लगतै आईतबार साँझ नै मतपेटिका ल्याउन खोजिएपनि लखन्देही खोला र डाईनी खोलामा पानीको बहाब नघटेकाले मंगलबार बिहान मतपेटिका ल्याईएको र दिउँसोबाट लालबन्दी नगरपालिकाको मतगणना सूरु गरिने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए।

२० स्थानीय तह रहेको सर्लाहीमा लालबन्दी नगरपालिका बाहेक जिल्ला स्थित १० नगरपालिका र ९ गाउँपालिकाको मतपेटिका भने सोमबार रातीसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकिएको थियो । केही स्थानीय तहको राती तथा बाँकीको मंगलबार बिहानैबाट मतगणना सूरु भएको छ । लालबन्दीको भने दिउँसोबाट गणना सूरु गरिने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए।

 

प्रकाशित: ३ आश्विन २०७४ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App