८ वैशाख २०८१ शनिबार
राजनीति

प्रारम्भिक मतगणनामा कांग्रेसको अग्रता

काठमाडौं – स्थानीय तह तेस्रो चरणको सोमबार सम्पन्न निर्वाचको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आठ जिल्लाका १ सय ३६ तहका लागि भएको निर्वाचनमा अधिकांश तहमा प्रमुख राजनीतिक दलबीच नै मुख्य प्रतिस्पर्धा देखिए पनि प्रारम्भिक गणनामा कांग्रेसले अग्रता लिएको हो।

मंगलबार राति १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २७ तहमा अग्रता लिएको छ । एक सय नौ स्थानको प्रारम्भिक परिणाममा संघीय समाजवादी फोरम दोस्रो स्थानमा रहेर कांग्रेसलाई पछ्याइरहेको छ । उसले २४ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २२ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले १९ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले १४ तहमा अग्रता लिएका छन् । फोरम लोकतान्त्रिक एक, स्वतन्त्र एक र जनता पार्टीले एक स्थानमा अग्रता कायम गरेका छन्। 

सप्तरीमा जारी १३ तहको गणनामा राष्ट्रिय जनता पार्टी नेपालले तिलाठी कोइलाडी, रुपनी, अग्नीसाहिर कृष्णासवरन गाउँपालिकामा गरी तीन तहमा अग्रता लिएको छ । त्यस्तै कांग्रेस, एमाले र संघीय समाजवादी फोरम नेपालले दुई÷दुई स्थानमा अग्रता लिएका छन् । कांग्रेसले बेलही चपेना गाउँपालिका र खडक नगरपालिका, एमालेले सप्तकोसी र सुरुङ्गा नगरपालिका र संघीय समाजवादी फोरम नेपालले हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकामा अग्रता लिएका छन्। 

बारामा १६ तहका लागि भएको स्थानीय तह निर्वाचनमा १२ तहको गणना सुरु भएको छ, जसअनुसार कांग्रेसले छ, एमाले तीन, संघीय समाजवादी फोरम नेपाल दुई र राजपाले एक स्थानमा अग्रता लिएका छन् । कांग्रेसले महागढीमाई नगरपालिकाकाका साथै फेटा, करैया, बारागढी र आदर्शकोटवाल गाउँपालिकामा अग्रता कायम गरेको छ । त्यस्तै एमालेले जितपुर सिमरा उपमहानगरपालिका, पर्वानीपुर र प्रसौनी गाउँपालिकामा अग्रता लिएको छ । संघीय समाजवादी फोरम कलैया उपमहानगरपालिका र सिम्रौनगढ नगरपालिकामा अघि छ भने राजपाले पचौरता नगरपालिकामा अग्रता लिएको छ। 

धनुषाका १८ तहको जारी मतगणनामा संघीय समाजवादी फोरम नेपाल सबैभन्दा धेरै पाँच स्थानमा अघि छ । त्यस्तै एमाले र माओवादीले चार÷चार स्थानमा अग्रता कायम गरेका छन् भने कांग्रेस तीन र राजपा दुई तहमा अघि छन् । फोरम नेपालले कमला, क्षिरेश्वरनाथ, हंशपुर नगरपालिका, लक्ष्मिनिया र जनकनन्दिनी गाउँपालिकामा अग्रता लिएको छ । त्यस्तै माओवादी सबैला, शहिदनगर, विदेह र गणेशमान चारनाथ नगरपालिकामा अघि छ भने एमालेले मिथिला, मिथिलाविहारी, नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अघि छ । कांग्रेस बटेश्वर र औरही गाउँपालिकाका साथै धनुषाधाम नगरपालिकामा अघि छ भने राजपा जनकपुर उपमहानगरपालिका र धनौजीमा अघि छ।

रौतहटका १८ तहमध्ये १७ तहमा जारी मतगणनामा कांग्रेस र माओवादी छ÷छ, फोरम तीन र एमाले दुई तहमा अघि छन् । कांग्रेसले चन्द्रपुर, परोहा, इस्नाथ, गढीमाई, फतुवा विजयपुर र राजदेवी नगरपालिकामा अग्रता कायम गरेको छ । एमाले गौर र गरुडा नगरपालिमा अघि छ भने माओवादीले गुजरा, बृन्दावन, राजपुर, दुर्गाभगवती, कटहरी नगरपालिका र यमुनामाई गाउँपालिका अग्रता कायम गरेको छ । फोरम नेपाल बौधीमाई, माधवनारायण र देवाही गोनाही नगरपालिकामा अघि छ।  

सर्लाहीका २० तहमध्ये कांग्रेस र राजपा पाँच÷पाँच, एमाले चार र फोरम नेपाल तथा माओवादी केन्द्रले तीन÷तीनमा अग्रता लिएका छन् । कांग्रेस मलंगवा, बलरा, हरिपूर्वा नगरपालिकाका साथै धनकौल र कौडेना गाउँपालिकामा अघि छ भने राजपा गोडैता नगरपालिका साथै ब्रह्मपुरी, चन्द्रनहर, विष्णु, दशबरिया गाउँपालिकामा अघि छ । त्यस्तै एमालेले हरिवन, लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिकामा अग्रता कायम गरेको छ । फोरम नेपाल बरहथवा र कविलासी नगरपालिकाका साथै पर्सा गाउँपालिकामा अघि छ भने माओवादीले वागमती नगरपालिकाका साथै चक्रघट्टा र रामनगर गाउँपालिकामा अग्रता कायम गरेको छ। 

सिरहामा रहेका १७ स्थानीय तहमध्ये ८ नगरपालिका छन् । तिनमा सिरहा नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता छ । लहान नगरपालिकामा नेकपा एमाले र गोलबजार नगरपालिकामा माओवादी केन्द्रको अग्रता छ । मिर्चैया नगरपालिकामा माओवादी केन्द्रको, धनगडीमाई नगरपालिकामा कांग्रेसको, कर्जन्हा नगरपालिकामा माओवादीको, कल्याणपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीको अग्रता छ । त्यस्तै भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरम र लक्ष्मीपुरपतारीमा संघीय समाजवादी फोरमले अग्रता लिएका छन् । नरहा नवराजपुर गाउपालिकामा नेकपा एमालेको अग्रता छ । औरही गाउँपालिकामा संघीय समाजवादी फोरमको अग्रता छ। 

पर्सामा रहेका १४ स्थानीय तहमध्ये राजपा वीरगञ्ज महानगरपालिकासहित बहुदरमाई नगरपालिका, फोरम नेपाल पोखरीया नगरपालिका र जगरनाथपुर गाउँपालिका, एमाले पर्सागढी, विन्दवासिनी, जिराभवानीपुर र पटेर्वासुगौलीमा अगाडि छन् । त्यस्तै कांंग्रेसले धोविनी, जनता दलले कालीमाई र माओवादीले ठोरीमा अग्रता कायम गरेका छन् । 
महोत्तरीका १५ स्थानीय तहमा फोरम लोकतान्त्रिक जलेश्वरमा अघि छ भने कांग्रेसले बर्दिवास, रामगोपालपुर र लोहारपट्टीमा अग्रता लिएको छ । माओवादीले बलवा र भंगाहा, फोरम नेपालले गौशाला र राजपाले मनरा शिसवामा अगूता लिएको छ भने पिपरामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

 

प्रकाशित: ४ आश्विन २०७४ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App