coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा सुरु भयो धुर्मुस-सुन्तलीको चौथौ परियोजना (फोटो फिचर)

राैतहट— हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन्।

चन्द्रपुर नपा – ८ सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस् सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरेका हुन्। कट्टेलसहित श्रीमती कुञ्जना घिमिरे र रामकलिया देवी हजाराले संयुक्त रुपमा उक्त परियोजनाको संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

केही समय अघिको बाढी र डुवानका कारण रौतहट जिल्लाका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँसमेत बाढीबाट पिडित भएकाले र यस क्षेत्रको समुदाय बढी पीडित देखिएकाले सो स्थान रोजिएको कट्टेलले बताए।  

फाउण्डेशनसका अध्यक्ष कट्टेलका अनुसार बस्ती उक्त परियोजना असोज ४ गतेबाट शुरु भएर आउँदो माघ २४ गते गर्ने लक्ष्य राखिएको छ। केही समय अघिको बाढी र डुवानका कारण रौतहट जिल्लाका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँसमेत बाढीबाट पिडित भएकाले र यस क्षेत्रको समुदाय बढी पीडित देखिएकाले सो स्थान रोजिएको कट्टेलले बताए।  

उक्त कार्यमा निरन्तर सहयोगी भुमिका खेल्दै आएकी श्रीमती घिमिरेले हरेक जन्मदिन पुण्यको काम गर्दै अगाडी बढ्ने हौसला मिलोस् भन्दै श्रीमान शुभकामना दिएकी थिइन्।
उक्त बस्ती निर्माणका लागी ५ करोड ७५ लाख लागतको अनुमान गरिएको छ । सो परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, भ्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुनेछ।

परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेका अनुसार उक्त वस्तीमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिस बसोबास गर्दछन्। ‘यो वस्ती निमार्ण पछि आन्तरिक पर्यटकीय वस्तीको रुपमा विकास हुने अपेक्षा गरिएको छ’ न्यौपाने भने । उक्त शिलन्यास गरे लगत्तै सो स्थानमा वस्ती निमार्ण सुरु भएको छ।
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App