७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री देउवाले ट्रम्पको 'डिनर' छुटाए

अमेरिका-प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको महासभामा भाग लिन केही समय अघि न्युयोर्क अाइपुगेका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अाएका प्रधानमन्त्री देउवा १९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यूयोर्क अाइपुगेका हुन्।

मंगलबारबाट शुरु भएको राष्ट्रसंघको बैठकमा ब्राजिल र अमेरिकाका राष्ट्रपतिले सम्बोधन गरिसकेका छन्। नेपालको सम्बोधन गर्ने पालो शनिबार रहेको छ। सम्बोधान लगत्तै प्रधानमन्त्रीले राष्ट्रसंघ महासचिवसँग शनिबार दुईपक्षीय भेटघाट गर्नेछन्।

पहिलो दिनको औपचारिक सम्बोधनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री देउवासँग आपचारिक भेट गर्ने प्रचलन रहे पनि त्यो कार्यक्रम छुटेको छ। प्रधानन्त्री नेपालको चुनाव नसकिएकोले आउन ढिला भएको हो।

प्रधानमन्त्रीको सम्बोधन अघि र पछि पनि उच्चस्तरीय छलफल हुने बताइएको छ। केही औपचारिक उच्चस्तरीय छलफलमा प्रभानमन्त्री देउवा नआइपुग्ने भएकाले भेटघाट टरेको छ।

पहिलो दिनको औपचारिक सम्बोधनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री देउवासँग आपचारिक भेट गर्ने प्रचलन रहे पनि त्यो कार्यक्रम छुटेको छ। प्रधानन्त्री नेपालको चुनाव नसकिएकोले आउन ढिला भएको हो। त्यो भोजमा आफू उपस्थित हुन नभ्याउने जानकारी प्रधानमन्त्री देउवाले दिइसकेका थिए। प्रधानमन्त्री ढिला आउनु भए पनि उच्चस्तरको छलफलको प्रारम्भिक चरणका बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थिति जनाएका छन्।

महासभामा प्राय:जसो सक्रिय भूमिका खेलिने बैठक भनेको विभिन्न साइडलाइन भेटघाट हुन्। त्यस बैठकमा यसपटक परराष्ट्रमन्त्री महराले सक्रिय भूमिका निर्वाह गरेका छन्। त्यस्ता बैठकमा आफ्नो देशको कुनै एजण्डा छन भने लविड गर्न सकिने उपलब्धिमुलक मानिन्छ।

न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री देउवाले सार्क लगायत दर्जन मुलुकका प्रमुखहरुसँग भेट्ने कार्यक्रम पनि तय भएको बताइएको छ। त्यसलगत्तै देउवाले कोलम्बिया विश्वविद्यालयमा  प्रवचन दिने कार्यक्रम तय भएको सन्चार सल्हाकार गोविन्द परियारले बताए।

प्रधानमन्त्री देउवा नेतृत्वको १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत छन्। 

प्रकाशित: ४ आश्विन २०७४ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App