८ वैशाख २०८१ शनिबार
समाज

दुई पक्षमा कुटाकुट हुँदा रौतहटमा एकजनाको मृत्यु

रौतहट- रौतहटको कटहरियामा दुई पक्षमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका-८ बलुवा टोलमा दुई पक्षबीच मारपिट हुँदा एकजनाको मृत्यु भएको हो।

स्थानीय राम पुकार यादव र गौरीशंकर यादव पक्षबीच बुधवार राति १० बजेतिर कुटाकुट भएको थियो। पुरानो विवाद रहेको विषयलाई लिएर दुई पक्षबीच भएको झगडाले कुटाकुट भएको हो।

गौरीशंकर यादव पक्षले राम पुकार यादव पक्षलाई कुटपिट गरेका थिए । कुटाइले तीनजना घाइते भएकाका गम्भीर घाइते ३८ वर्षका राम पुकार यादवलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक यादवको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

घटनामा संलग्न रहेको आशंकामा गौरीशंकर यादव पक्षका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक दीपेन्द्र यादवले जानकारी गराएका छन्।

पीडित पक्षले भनेको मुख्य आरोपिट गौरीशंकर यादव यादव फरार रहेकोले खोजी कार्य जारी रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी गराएका छन्।

 

प्रकाशित: ५ आश्विन २०७४ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App