coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनुषाको जनकनन्दिनीमा कांग्रेस, मुखियापट्टीमा एमाले विजयी

जनकपुर- धनुषाको जनकनन्दिनी गाउँपालिका प्रमुखमा कांग्रेसका अब्दुल वारिक शेख र उपप्रमुखमा भारती कार्की विजयी भएका छन्।

मतगणना सुरु भएदेखि नै अग्रता कायम राखेको संघीय समाजवादी फोरमका दिपिनदेव यादवलाई ५३७ मतले पछि पार्दै कांग्रेसका शेखले जनकनन्दिनी गाउँपालिका प्रमुख जितेका हुन्। गाउँपालिकाको प्रमुख पदमा शेखले २ हजार ७१७ र यादवले २ हजार १८० मत पाएका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै भारती कार्की विजयी भएकी छन्। कार्कीले ३ हजार ५१ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरम नेपालकी रिंकुकुमारी यादवले १ हजार ९६५ मत प्राप्त गरेकी छन्।

धनुषाकै मुखियापट्टी मुसहरनीया गाउँपालिकामा कांग्रेसका रामबाबु यादवलाई एमालेका मनोजकुमार यादवले पराजित गरेका छन्। गाउँपालिकाको प्रमुखमा एमालेका मनोजले ३ हजार ५४० र काँग्रेसका रामबाबुले १ हजार ९९२ मत पाएका छन्।

उपप्रमुखमा पनि एमालेकी मिरादेवी महतोले ३ हजार ५२७ मतका साथ विजय प्राप्त गरेकी छन्। कांग्रेसकी अनिता कुमारीले १ हजार ९८८ मत पाइन्।

 

 

 

प्रकाशित: ५ आश्विन २०७४ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App