coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीमा एकै परिवारको ४ को मृत्यु

विराटनगर- दसैंको पहिलो दिन घटस्थापनामै मोरङको कानेपोखरीमा दुखद घटना भएको । कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा विहीबार विहान भएको आगलागीमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

५५ वर्षीय चन्द्र बहादुर राईको किराना पसल भएको दुई तले घरमा विहान ३ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट घरभित्र सुतेका चन्द्र बहादुर राई, उनका आमा ८६ वर्षीय गंगामाया राई, उनका श्रीमती ४६ वर्षीय पार्बता राई र उनका बहिनी ४४ वर्षीया बिष्णुमाया राईको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । चन्द्र पूर्व वडाअध्यक्ष हुन् ।

आगलागी विराटनगर, इटहरी र दमकबाट आएको तीनवटा दमकल, स्थानिय र प्रहरीको सहयोगमा विहान ५ बजे नियन्त्रणमा आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरको बिद्युत सर्किट सर्ट भएर आगलागी भएको हो । घरमा रहेका चारजना निद्रामा रहेकाले आगलागी भएको भेउ पाएन् ।

जापानमा रहेका छोरा–बुहारीलाई भेट्न उतै जानुअघि दाजु र आमालाई भेट्न आएकी बहिनी विष्णुमायाको पनि आगलागीमा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा रहेको कानेपोखरी–३ हर्कपुरको यो आगलागीको घटनाले दसैंको मुखमा सबैलाई शोकमग्न बनाइदिएको छ । राईका दुई छोरा राजकुमार र छोरी रचना अध्ययनका लागि काठमाण्डौमा छन् ।

बिहिबार बिहान २ बजे आगलागी हुँदा १ करोड बढीको क्षति भएको पथरी प्रहरीले जनाएको छ । आगलागीबाट एउटा हाते ट्रयाक्टर सहित घरका सबै सामान जलेका छन । चार जनाको शव भने चिन्न नसक्ने अबस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनापछि परिवारको खोजी गर्ने क्रममा चारैजनाको अवशेष मात्र फेला परेको कानेपोखरी प्रहरीले जनाएको छ । छिमेकी पुर्ण कन्दङवाका अनुसार बिहान ३ बजे घरको धुरीमा धुवाँको मुस्लो देखेपछि के भएर हेर्न जाँदा सिंगो घर जलिसकेको र बाँधेका चौपायाहरु फुकाएपनि मानिसहरु बचाउन नसकेको बताए ।

 

प्रकाशित: ५ आश्विन २०७४ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App