७ वैशाख २०८१ शुक्रबार
अन्य

माेडलकै दाँत नराम्रा

डा. सुशील कोइराला

नेपालीहरु स्लिम हुनुपर्ने, अनुहार राम्रो बनाउनु पर्नेतिर मात्रै ध्यान दिन्छन् तर दाँतलाई धेरैले वास्ता गर्दैनन् । मिस नेपाल छनोट गर्दा पनि यस्ता कुराहरुमा ध्यान दिइएको पाइँदैन । अहिलेको जल्दोबल्दो इस्यु यो पनि हो । उचाई र बोल्न सक्ने मात्रै हेरेर मिस नेपाल बनाउँदा दाँतको मापदण्ड नै भएन । फिगरमा उचाइ कति हुनुपर्ने भन्ने कुरामा फोकस गरेको पाइँदैन ।  ग्लोबल्ली नै यो ट्रेन्ड छ । नेपालबाट पनि यो ट्रेन्ड चलाउन थालेको ४–५ वर्ष भइसक्यो । मिस नेपालमा छानिने सबैलाई हामीले करिब १२ वर्षदेखि तीन महिना निःशुल्क उपचार गराइरहेका छौँ । जसमा मुख्य फोकस स्माइललाई गरिएको छ ।
उपचारभन्दा अप्ठेरो
दाँतको उपचार गर्नेभन्दा पनि मानिसहरु आउन डराउने देखिन्छ । गिजा सुन्निए, दुख्ने वा इन्फेक्सन भए मात्रै उपचार गर्नुपर्छ भन्ने छ । दाँतलाई राम्रो बनाउनु भनेको दाँत काट्नु भन्ने बुझिन्छ तर त्यसो होइन । कस्मेटिक डेन्टलभन्दा पनि प्यासेन्ट आउन चाहदैनन् । पछि हामीले स्माइल मेकओभर, स्माइल फेसलिफ्टजस्ता नाउँ चलाउँदा पनि ग्राहकहरु आउन डराए । दाँत भन्नेबित्तिकै यो उपचार नै हो भन्ने सर्वसाधारणको सोच बन्यो । त्यसैले अचेल दुई ट्रेन्ड हामीले निकालेका छौँ । ट्रेन्ड वैज्ञानिक बनाउनका लागि मिनिमल्ली इभेजी कस्मेटिक डेन्टिस्ट फ्रि भन्ने मैले नै निकालेको हो । विश्वभर नै यो ट्रेन्ड चलेको छ । यसमा थोरै दुखाएर, प्राकृतिक तरिकाले उपचार गरिन्छ । जसलाई छोटकरीमा एमआइसिडी पनि भनिन्छ । मानिसहरुले यसको छाटकरी रुप भने बुझेनन् । आउनुस्, तपाईंलाई एमआइसिडी गरिदिन्छु भन्दा कस्ले पो बुझ्छ होला र !  त्यसपछि यसलाई हामीले अर्को नाम दियौँ, स्माईल मेकअप । मेकअप भनेपछि त्यसलाई फेर्न वा चेन्ज गर्न मिल्छ । त्यसको डिजाइन चेन्ज गर्न मिल्छ । अहिले मैले मिस नेपाल निकिता चाण्डकको स्माइल मेकअप गरिरहेको छु, उनले डाक्टर साप मलाई यो मन परेन भनिन् भने त्यसलाई फेरि चेन्ज गर्न र उनको पहिलेको जस्तै दाँत र स्माइल फर्काउन मिल्छ ।
स्माइल मेकअपको कमाल
राम्रो देखिनका लागि जतिसुकै मेकअप गरे पनि खासै प्रभाव पार्दैन किनभने त्यहाँ स्माइल मेकअप भएको हुँदैन । त्यसैले यसलाई हामीले स्माइल मेकअप प्याकेजका रुपमा अगाडि बढाउने सोचिरहेका छौं ।  फेरि यो मेकअप भन्ने कुरालाई बुढ्यौलीले पनि छेक्दोरहेनछ । नातिनीको मेकअप गर्न आएकी हजुरआमा समेत मेकअपमा आकर्षित हुने गरेको मैले पाएको छु । उमेरमा त म पनि राम्री थिएँ, अहिले बुढ्यौली लाग्यो र पो राम्रो देखिनुपर्यो त डाक्टर साप भन्छन्, हजुरआमाहरु । सबैलाई थाहा भएकै कुरा हो, स्याल पनि उमेरमा घोर्ले हुन्छ भन्ने उखानै छ र बुढ्यौलीमा पनि सबैले आफूलाई त्यो दिन याद आउँछ ।
हौवाको पछि लाग्दा घाटा
हिजोआज धेरै मानिसहरु हौवाको पछि लाग्ने गरेका छन् । कोही ओठ ठूलो बनाउने, कोही छाति ठूलो बनाउने वा घटाउने आदि आदि । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पार्छ । त्यस्तो खालको सौन्दर्य ट्रिटमेन्ट गर्दा निकै ध्यान पु¥याउनुपर्छ । आज लिपिस्टिक लगाएको छ र रातो लिपिस्टिक लगाएको छ भने भोलि अर्को रङको लगाउनु, दारीको एउटा शैली मन परेन भने अर्को शैली बनाउने वा काट्ने आदि कुरा मेकअप अन्तर्गत पर्छन् । मंगोलियन आँखालाई ठूलो बनाउनु, सर्जरी गर्नु प्लाष्टिक सर्जरी हो । यसले स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । यस्तो गर्नुअघि धेरै सोच्नुपर्छ । यसले बेनिफिट नदिए पनि घाटा गर्नुभएन । यही कुरालाई अहिले हामी प्रचार गरिरहेका छौँ । त्यसैले हामीले नेपाललाई स्माइल मेकअपको हकदार बनाउने प्रयास गरिरहेका छौँ । अबको तीन महिनाभित्र दरबारमार्गमा हामीले स्माइल मेकअप क्लिनिक ल्याउँदैछौँ र त्यसमा हामीले ब्युटिसियनहरुलाई प्याकेज तालिम पनि दिँदैछौँ ।
सौन्दर्य सेन्स उच्च वर्गमा कम
सौन्दर्यका सामग्रीहरु निम्न वर्गकाले त प्रयोग गर्न सक्दैनन् नै तर उच्च वर्गका मानिसमा समेत यसको सेन्स एकदमै कम रहेछ । सुरुमा त मलाई यसबारे साह्रै अचम्म लाग्यो । २३ वर्षदेखि म यो मार्केटमा छु, धेरै उच्च वर्गका मानिसलाई म चिन्छु तर उनीहरुमा दाँत राम्रो बनाउनुपर्छ भन्ने मतलब छैन । त्यसमा उच्च वर्गका मानिस यसमा निकै कम छन् तर निम्न मध्यम वर्गका मानिसहरुमा भने यसको सेन्स बढी छ । उनीहरुलाई पर्सनल डेभलपमेन्टको जरुरत छ । त्यसैले उनीहरुमा सौन्दर्य सेन्स छ । उनीहरु बैंकमा काम गर्छन् । विभिन्न रेस्टुराँमा काम गर्छन् । त्यसैले सौन्दर्य सेन्स उच्च वर्गका मानिसमा भन्दा बढी छ ।
मोडलकै दाँत नराम्रो
अरुको त कुरै छाडौँ नेपालमा जो मोडलिङ क्षेत्रमा छन्, उनीहरुकै दाँत दायाँ र बायाँ फर्किएका छन् । म्यागेजिन, विज्ञापनहरुमा काम गर्छन् उनीहरु तर त्यसमा दाँतलाई प्राथमिकता दिइएको हुँदैन । सबै फोटोहरु टाढाबाटै खिचिन्छ । त्यसैले अरु मानिसले दाँतको त्यति मतलब नगर्लान् तर मैले देखेका प्रायः मोडलका दाँत टेडामेडा नै छन् । उनीहरुमा दाँतले पनि सौन्दर्य वृद्धिमा सहयोग गर्छ भन्ने नै छैन ।
बिस्तारै बढ्दैछ स्वस्थ दाँत अभियान
आजभन्दा १२ वर्षअगाडि फुटेको कुर्कुच्चा देख्यो भने धेरै काम गरेको भन्ने भान पथ्र्यो तर हिजोआज काम धेरै गर्ने महिलाको पनि कुर्कुच्चा फुटेको हुँदैन । त्यस्तै पालिस टुक्रिएको पनि देखिदैन किनभने उनीहरुले आफ्नो शरीरलाई माया गर्न थाले, हेलचेक्र्याइँ गर्न छाडे र यस्तो परिवर्तन आयो । त्यस्तै ब्राजिल लगायतका युरोपियन मुलुकमा बच्चाहरुको दाँत बिग्रियो भने अभिभावकको हेलचेक्र्याइँ भन्ने चलन आइसकेको छ र यो चलन नेपालमा पनि भित्रन थालिसक्यो । आफ्नो शरीरका नराम्रा कुरालाई छोप्ने र राम्रो कुरालाई प्रस्ट पारेर देखाउनुलाई नै मेकअप भनिन्छ । मैले बिहेको सिजनमा ८–१० जना युवतीहरुको दाँत मिलाइदिएको थिएँ । कसैको केही दिनमा नै केटा हेर्न आउँदैछ, कसैको चाँडै बिहे हुँदैछ त्यसैले उनीहरु हतारमा दाँत मिलाउन आएका हुन्छन् । कोही भने लभ म्यारिज भए पनि सासुससुराले दाँत मन पराएनन् भनेर दाँत मिलाउन आएको पाएका थिए । त्यसैले दाँत बनाउने वा मिलाउने ट्रेन्ड बिस्तार बस्दैछ तर भने जति भएको भने छैन । बच्चा बेलैमा दाँत मिलाउने सोचको विकास हुनु जरुरी छ ।
सबै डेन्टिस्टले स्माइल मेकअप गर्छन् ?
सबै डेन्टिस्टले स्माइल मेकअप गर्दैनन् । यसका लागि सौन्दर्यसँग तालमेल मिलाउनुपर्छ । मेडिकल साइन्समा बिरामीले खोजेको उपचार हुँदैन । त्यहाँ जसरी पनि बिरामी निको बनाउने उद्देश्य राखिेएको हुन्छ तर स्माइल मेकअपमा बिरामीले भनेजस्तो उपचार गर्नुपर्छ । त्यसैले यसको समय बढी लाग्छ । डाक्टरले म तपाईंको दाँत यस्तो बनाइदिन्छु भन्लान्, बिरामीले पनि हाई एस्पेक्टेसन राख्लान् तर भनेजस्तो गर्न नसक्लान् । अहिलेको मिस नेपालमा दुई जनाले पहिल्यै स्माइल मेकअप गराइसकेका रहेछन् तर उनीहरुको मेकअप खराब भइसकेकाले रि–मेकअप गराइरहेका हुन् । यसको टेक्निक फरक छ ।
स्माइल मेकअप गराउने बिरामी होइनन्
हाम्रामा जति पनि मानिस स्माइल मेकअप गराउन आउँछन्, उनीहरु बिरामी होइनन् । उनीहरुलाई हामी प्यासेन्ट भन्दैनौँ, क्लाइन्ट भन्छौं । उनीहरु इच्छाले आएका हुन्छन् । दाँत भाँचियो, दुख्यो, किराले खायो अथवा केही भयो र उनीहरु उपचारका लागि आउँदा भने तिनीहरु बिरामी हुन्, उनीहरु बाध्यताले आएका हुन् । बिग्रिएको दाँत बनाउँछु भनेर आफ्नो इच्छाले आएकाहरु बिरामी होइनन् ।
तीन चरणमा बिग्रन्छ दाँत
बाल्यकालमा धेरैको दाँत बिग्रने गरेको छ । हिजोआज त झन् स्कुलमै खाजा खुवाउने भनेर बिस्कुट, चाउचाउलगायत पत्रु खाने चलन छ । यस्तोमा दाँत किरा नलागेका बच्चाहरुको पनि ५ कक्षामा पढ्दासम्म पुग्दा किरा लाग्ने समस्या देखापर्न थालिसक्छ । अर्को भनेको दाँत नमाझ्नाले दाँत किराले खाने, मुख गनाउने, गिजा सुन्निनेदेखि रगत आउने लगायतका समस्या देखापर्छन् । यो समस्याले विकराल समस्या ल्याउने सम्भावना पनि छ, यसलाई हामीले स्माइल एरोमा भन्ने नाम दिएका छौँ । तेस्रो भनेको जेनेटिक अर्थात् वंशानुगतकै समस्या हो । उनीहरुको जन्मजातै दाँत टेडोमेडो भएर आउने हुन्छ ।
त्यस्तै अर्को समस्या दुर्घटनाले पनि निम्त्याउँछ । कोही मानिस सवारी साधन दुर्घटनामा पर्यो भने सुरुमा टाउकोमै चोट लाग्छ । दाँतहरु भाँचिने समस्या हुन्छ तर त्यसलाई सुरुमा अन्य उपचारका लागि लगिन्छ । कोही कोहीले मात्रै डेन्टलको चक्कर मार्छन्, धेरै जसोले डेन्टलको वास्तै गर्दैनन् । अर्को भनेको सबै अभिावकले आफ्नो बच्चाले नाकदेखि स्वास फेर्छ या मुखदेखि भन्ने कुरा एकदमै ख्याल गर्न जरुरी छ । जन्मजातै हामी नाकले स्वास फेर्ने हो र केही समस्याले बच्चाले मुखले स्वास फेर्न थालेको छ भने त्यहाँ केही गडबड छ भनेर बुझ्नुपर्छ । चाहिनेभन्दा बढी अक्सिजन मुखले लिने भएकाले त्यसमा समस्या पर्न सक्छ । त्यस्तै बुढापाकामा घुर्ने समस्या देखापर्छ । यो पनि दाँतकै समस्याले हो । त्यसैले सबै चिकित्सकले सुरुमै मुख आँ गर्नुस् त भनेर हेर्ने गर्छन् ।

प्रकाशित: ५ आश्विन २०७४ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App