७ वैशाख २०८१ शुक्रबार
राजनीति

महोत्तरी गाउँपालिकामा राजपाको प्यानलै विजयी

महोत्तरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका सुनिलकुमार राय र सितादेवी साह । तस्बिर : महेशकुमार दास

महोत्तरी  – महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिका मध्ये महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले पहिलो खाता खोलेकाे छ । 

महोत्तरी गाउँपालिका वडा नं. १ घर भएका राजपा नेपालका सुनिलकुमार रायले २ हजार ७ सय ५१ मत प्राप्त गरी अध्यक्ष पदमा र सोही गाउँपालिकाको वडा नं. ६ घर भएकी राजपा नेपालकी सिता देवी साहले २ हजार ६ सय १९ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी भएकी हुन्।

अध्यक्ष रायको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दिलिप पाण्डेले १ हजार ४ सय ८२  मत प्राप्त गरेका थिए भने उपाध्यक्ष साहको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार रामकृपाल रायले एक हजार २ सय २२  मत प्राप्त गरेको थियो ।
 
६ वटा वडा रहेको महोत्तरी गाउँपालिकामा वडा नं. १ देखि ५ सम्म राजपा नेपालकै प्यानल विजयी भएको निर्वाचन अधिकृत रामानन्न प्रसाद अधिकारीले बताएको छ।
 
महोत्तरी गाउँपालिकाको वडा नं. ६ मा संघीय समाजवादी फोरमका उम्मेद्वार सभान नदाफ ७ सय २२ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका सन्त साहले २ सय १२ मत प्राप्त गरेका थिए।  

महोत्तरी जिल्लामै राजपाको पहिलो खाता खोल्दै विजयी भएका महोत्तरी गाउँपालिकाको अध्यक्ष राय र उपाध्यक्ष साह आफू र आफ्नो टिमको जितले मधेस आन्दोलनका सहिदको सपना साकार पारेको बताएको छ। 

‘यो जित हाम्रो होइन, यो  जित जनताको हो।’ अध्यक्ष रायले भने ‘ महोत्तरी गाउँपालिकाको जनताले आफनो अमूल्य मत दिएर मधेस आन्दोलनका सहिदको सपना साकार पार्ने अवसर हाम्रो टिमलाई प्रदान गरेको छ।’

मधेस आन्दोलनको बेला जुन सपना साकार पार्न हाम्रा सहिदले आफ्नो प्राणको आहुति दिए आफूले ती सहिदले देखाको बाटो भएर अघि बढ्ने प्रतिबद्धता अध्यक्ष रायले व्यक्त गरे।

६ वटा वडा रहेको महोत्तरी गाउँपालिकामा १३ हजार ४ सय १७ मतदाता रहेको छ । कूल खसेको मत मध्ये १० प्रतिशत मत पूर्ण बदर र १० प्रतिशत मत आंशिक बदर भएको निर्वाचन अधिकृत अधिकारीले बताएको छ। 
महोत्तरी गाउँपालिकाको विजयी भएका उम्मेदवारहरूलाई शुक्रबार विहान १० बजे प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृत अधिकारीले बताएको छ । 

 

प्रकाशित: ५ आश्विन २०७४ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App