७ वैशाख २०८१ शुक्रबार
राजनीति

बिन्दवासनीमा फोरम, कालिकामाईमा जनता पार्टी विजयी

वीरगन्ज – पर्साको बिन्दवासनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल मोदी ८ मतको झिनो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसियालाई पराजित गरेका छन् ।

मोदीले जम्मा २ हजार ६ सय ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले २ हजार ६ सय १ मत ल्याएका हुन् । 

कालिकामाईमा जनता दल
यन्त्र त्यति प्रभाव नदेखिएको पार्टी जनता दल नेपालका उम्मेदवार नथुनी प्रसाद कुशवाहा गाउँपालिकाको प्रमुखमा बिजयी भएका छन् । सो गाउँपालिकाको उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका र राजेश चौरसिया विजयी भएका छन्।

कुशवाहाले २ हजार ८ सय १६ मत ल्याउदै निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उम्मेदवार लालसा देवी कलवारलाई १ सय ८६ मतले पराजित गर्दै जित हासिल गरेका हुन्। कलवारले २ हजार ६ सय ३० मत ल्याएकी छिन् । त्यसै गरी उपप्रमुख चौरसियाले २ हजार ९० सय १४ मत ल्याउदै निकटतम प्रतिद्वन्द्वी जनता दलकी मालती कुशवाहालाई २ सय ६७ मतले पराजित गरेका हुन् । कुशवाहाले २ हजार ६ सय ४७ मत ल्याएकी छिन् । 

 

प्रकाशित: ५ आश्विन २०७४ १४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App