१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिन्दवासनीमा संघीय समाजवादीका उम्मेदवार ८ मतले विजयी

वीरगन्ज—पर्साको बिन्दवासनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल मोदी ८ मतको झिनो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसियालाई पराजित गरेका छन्। मोदीले जम्मा २ हजार ६ सय ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी चौरसियाले २ हजार ६ सय १ मत ल्याएका हुन्। 

कालिकामाईमा जनता दल
यन्त्र त्यति प्रभाव नदेखिएको पार्टी जनता दल नेपालका उम्मेदवार नथुनी प्रसाद कुशवाहा गाउँपालिकाको प्रमुखमा बिजयी भएका छन्। सो गाउँपालिकाको उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका राजेश चौरसिया बिजयि भएका छन् ।

कुशवाहाले २ हजार ८ सय १६ मत ल्याउदै निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उम्मेदवार लालसादेवी कलवारलाई १ सय ८६ मतले पराजित गर्दै जित हासिल गरेका हुन्। कलवारले २ हजार ६ सय ३० मत ल्याएकी छिन् । त्यसै गरी उपप्रमुख चौरसियाले २ हजार ९० सय १४ मत ल्याउदै निकटतम प्रतिद्वन्दी जनता दल की मालती कुशवाहालाई २ सय ६७ मतले पराजित गरेका हुन् । कुशवाहाले २ हजार ६ सय ४७ मत ल्याएकी छिन्। 

 

प्रकाशित: ६ आश्विन २०७४ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App