६ वैशाख २०८१ बिहीबार
राजनीति

कल्यणपुरमा कांग्रेस, मिर्चैयामा माओवादी विजयी

कल्याणपुर गाउँपालिकाको मेयर पदमा विजयी सूर्यनाथ मण्डल।

लहान- सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली कांगेसका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन्। कांग्रेसका सूर्यनाथ मण्डलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका रामबाबु यादवलाई २ सय ७ मतअन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मण्डलले ४८ सय ४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी राजपाका मेयर उम्मेदवार यादवले ४५ सय ९७ मत हासिल गरे। यसैगरी, उपमेयरमा कांग्रेसकी रोहिणी कुमारी यादवले राजपाकी मसुदा खातुनलाई २ सय २६ मतअन्तरले पराजित गरेकी छन्। यादवले ४६ सय ६४ मत प्राप्त गरेकी छन भने खातुनले ४४ सय ३८ मत हासिल गरिन्। कल्याणपुर जितसँगै कांग्रेसले सिरहामा दुई स्थानीय तह जितेका छन्।

मिर्चैया नगरपालिकामा माओवादीको जित
सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। मेयर उम्मेदवार श्रवण यादवले निकटमत प्रतिस्पर्धी कांग्रेसका सिताराम यादवलाई १४ सय १९ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेका हुन्। श्रवणले ४७ सय ३८ मत प्राप्त गरेका छन् भने सितारामले ३३ सय १७ मत हासिल गरेका छन्।

यसैगरी, उपमेयरमा माओवादी केन्द्रकी जिवछी देवीले ४९ सय ३९ मत प्राप्त गरी विजय भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्जला कुमारी सिंहले ३२ सय९९ मत ल्याएकी छन्। योसँगै १७ स्थानीय तहमा माओवदी केन्द्र चार तहमा जित हासिल गरेका छन्।

प्रकाशित: ६ आश्विन २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App