१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चन्द्रपुरमा कांग्रेस र देवाही गोनाहीमा संघीय समाजवादी फोरम विजयी

गौर- रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भएका छन्। उनले निकतम प्रतिद्वन्द्वी एमालेका उद्व रेग्मीलाई पराजित गरेको हो। त्यस्तै उपमेयरमा एमालेका रामरती चौधरी निर्वाचित भएकी छन्। उनले निकतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी बराललाई पराजित गरेकी हन्।

औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिए।

त्यस्तै देवाही गोनाही नगरपालिकामा संघीय समाजवादीका धर्मेन्द्र पटेलमा मेयरमा निर्वाचित भएका छन्। उनले ३ हजार २ सय ५५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रेमलाल शाहले ३ हजार ५० मत ल्याए।

उपमेयरमा भने माओवादी केन्द्रकी परणिया देवी विजयी भएकी छन्।

रौतहटमा योसँगै पाँचवटा तहको मत सार्वजनिक भएको छ। दुइटा स्थगित र ११ वटाको मतगणना जारी छ।

 

प्रकाशित: ६ आश्विन २०७४ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App