८ वैशाख २०८१ शनिबार
राजनीति

यस्तो छ महोत्तरीको ८ तहको अन्तिम मतपरिणाम

महोत्तरी- शुक्रबार बिहानसम्मको मतगणना परिणामअनुसार नेपाली कांग्रेसले ३, माओवादीले २, राजपाले २ र संघीय समाजवादी फोरमले एक स्थानीय निकायमा विजयी भएका छन्।

गौशाला नगरपालिकामा माओवादी केन्द्रका शिवनाथ महतोले ५ हजार ९ सय ४४ मत ल्याई मेयर पदमा विजय भएका छन् भने माओवादी केन्द्रकै उपमेयरमा आशा लामाले ५ हजार ९ सय ७० मत ल्याई विजय भएका छन्।

प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी रामकुमारी देवी कोइरीले ५ हजार मत ल्याएका थिए भने नेपाली कांग्रेसकी सुशिला देवीले ४ हजार ६ सय ४२ मत प्राप्त गरे।

त्यस्तै सम्सी गाउँ पालिकामा प्रमुखमा माओवादी केन्द्रका फारुख शेषले २ हजार ३ सय ३८ र उपप्रमुखमा माओवादी केन्द्रको नगिना देवीले २ हजार २ सय ३४ मत ल्याई विजय भएका छन्। सम्सी प्रमुख र उप प्रमुखको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनाथ यादवले २ हजार २ सय ४४ र सोही पार्टीका सुनिता देवीले १ हजार ६ सय ९ मत प्राप्त गरे।

त्यस्तै सोनमा गाउँ पालिकामा संघीय समाजवादी फोरमको राजकुमार यादव ४ हजार १ सय ३२ मत ल्याई प्रमुखमा र सोही पार्टीको विभा देवी साह ३ हजार ४ सय ६९ मत ल्याई विजय भएका छन्। सोनमा गाउँपालिका प्रमुख र उपप्रमुखको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको नवल किशोर राय यादवले २ हजार ४ सय १ र पुष्पा यादवले २ हजार ८ सय ५३ मत ल्याए।

त्यस्तै लोहारपटी नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका शैलेन्द्र कुमार यादव ४ हजार ५ सय २३ मत र उपमेयरमा कांग्रेसकै सरिता देवी शर्माले ४ हजार ५ सय ५२ मत ल्याई विजयी भए। निकटतम प्रतिद्वन्द्वी राजपाका हविव राईनले २ हजार ९ सय २९ र निशा साहले ३ हजार १ सय ३ मत ल्याए।

यसैगरी औरही नगरपाकिालको मेयर पदमा नेपाली कांग्रेसका सुनीलकुमार यादव ३ हजार १ सय ५९ र उपमेयरमा राजपाको रेणु झाले ३ हजार २ सय ५५ मत ल्याई विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी राजपाका शंकर यादवले २ हजार ७ सय ११ र नेपाली कांग्रेसको रेणु कुमारी यादवले २ हजार ९ सय ५९ मत प्राप्त गरे।

त्यस्तै बलबा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको विनोद यादव ३ हजार ६ सय १६ र उपमेयरमा राजपाको रिता देवी झा ३हजार ८ सय ३६ मत ल्याई विजयी भए। निकटतम प्रतिद्वन्द्वी राजपाका राम विजय महतोले ३हजार ४ सय ९६ र कांग्रेसको रामदुलारी देवीले ३ हजार ६ सय ३७ मत ल्याए।

त्यस्तै मटिहानी नगरपालिकाको मेयर पदमा राजपाका हरिप्रसाद मण्डलले ३ हजार ४ सय ३ मत र उपमेयरमा राजपाकै शिवो देवीले ३ हजार १ सय ७० मत ल्याई विजयी भए। निकटतम प्रतिद्वन्द्वी एमालेका मोहम्मद मुजिवुल रहमानले १ हजार ५ सय ९७ र काँग्रेसको जुमैदा खातुनले १ हजार ६ सय ४८ मत ल्याए।

यसअघि बिहीबार साँझ सार्वजनिक भएको मतगणना परिणाम अनुसार महोत्तरी गाउँ पालिका प्रमुखमा राजपा नेपालका सुनिलकुमार रायले २ हजार ७ सय ५१ मत प्राप्त गरी अध्यक्ष पदमा र राजपा नेपालकी सिता देवी साहले २ हजार ६ सय १९ मत प्राप्त गरि उपाध्यक्ष पदमा विजयी भएका थिए।

महोत्तरीको बाँकी रहेको स्थानीय निकायमा मतगणना अझै पनि जारी छ। बर्दिवास नगरपालिका र रामगोपालपुरमा माओवादी केन्द्र अग्रस्थानामा छ । पिपरा गाउँ पालिकामा एमाले, भंगहा नगरपालिकामा राजपा, मनरा सिस्वा नगरपालिकामा राजपा, एकडारा गाउँ पालिाकामा राजपा र जलेश्वर नगरपालिमा राजपा नै अग्रस्थानमा छ।

प्रकाशित: ६ आश्विन २०७४ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App