७ वैशाख २०८१ शुक्रबार
राजनीति

गणेशमान र लक्ष्मिनियामा फोरम, क्षिरेश्वरमा कांग्रेस विजयी

धनुषा क्षिरेश्वरनाथ नगरपालिकामा विजयी काँग्रेसका पजियार र श्रेष्ठ लगायत।

जनकपुर- धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र लक्ष्मिनियाँ गाउँपालिका प्रमुख तथा उपप्रमुखमा संघीय समाजवादी फोरम विजयी भएको छ। गणेशमानको उपमेयरमा भने माओवादीले जितेको छ।

गणेशमान चारनाथ नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका रामबाबु यादवले जितेका छन्। उनले ३ हजार १ सय २७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका दुर्गाबहादुर मल्लले २ हजार ५ सय ६१ मत पाए। उपमेयरमा भने माओवादीकी मिनाकुमारी यादवले जितेकी छन्। उनले २ हजार ६ सय १० मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी माओवादीकी निशा मोक्तानले २ हजार ४ सय ८६ मत पाइन्।

धनुषा, लक्ष्मिनिया गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा संघीय समाजवादी फोरम विजयी भएको छ। प्रमुखमा फोरमका विन्देश्वर यादवले ३ हजार ५ सय ४ र उपप्रमुखमा इन्द्रकलादेवी यादवले ३ हजार १ सय ९५ मतका साथ विजयी भएका छन्।

उनीहरुका निकटतम प्रतिद्वन्दीमा कांग्रेसका कुमरकान्त झाले २ हजार ३ सय ६० र उपप्रमुखमा कांग्रेसकै रामराजी यादवले २ हजार ३ सय ३२ मत पाएका छन्।

धनुषाकै क्षिरेश्वरनाथ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका योगेन्द्र पजियारले ५ हजार ८ सय ९९ मतका साथ विजयी भएका छन्। उपमेयरमा पनि कांग्रेसकै रचना श्रेष्ठले ५ हजार ६ सय ९८ मत पाएर विजयी भइन्। पजियारको निकटतम प्रतिद्वन्दीमा संघीय फोरमका सुकदेव यादवले ३ हजार ५ मत पाएका छन् भने उपमेयर श्रेष्ठको निकटतम प्रतिद्वन्दी एमालेकी यशोधा कुमारीले ३ हजार २ सय ८४ मत पाइन्। फोरम नेपालले उपमेयरमा उम्मेदवारी नदिए पनि १ हजार ३ सय ३३ मत पाएको छ।

प्रकाशित: ६ आश्विन २०७४ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App