१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पर्सागढी नगरपालिकामा काँग्रेस विजयी

वीरगञ्ज– पर्साको पर्सगढी नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको तर्फाबाट मेयरका प्रत्यासी लोकनारायण यादव ३ हजार ९ सय ६५ मत प्राप्त गर्दै विजयी भएका छन्।

उनले आफ्नो निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण पाठकलाई ६७ मतको झिनो मतान्तरले पारजित गरेका हुन् । एमालेका पाठकले ३ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बृजमोहन चौधरीले ३ हजार ६ सय १७ मत प्राप्त गरेका छन् । 

सो नगरपालिकामा काँग्रेस, एमाले र फोरमको त्रिकोणीय लडाई रहेको विश्लेषण गरिएजस्तै मतपरिणाम पनि देखिएको छ । नगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेस की उम्मेदवार अर्चना चौधरी विजयी भएकी छन् । 

उनले ४ हजार ५ सय ५९ मत प्राप्त गर्दै विजय हासिल गरेकी छन् भने उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी काली देवी चौधरीले ३ हजर ६ सय ५० मत प्राप्त गरेकी छन्। 

प्रकाशित: ६ आश्विन २०७४ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App