७ वैशाख २०८१ शुक्रबार
राजनीति

मटिहानीको मेयरमा राजपाका मण्डल विजयी

महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिकामा राजपाका उम्मेदवार हरिप्रसाद मण्डल मेयरमा विजयी भएका छन्।  त्यति धेरै पुरानो राजनीतिक पृष्ठभूमिका व्यक्तित्व नभए पनि आफ्नो नगरका प्रमुख राजनितीक दलका दिग्गज उम्मेदवारलाई समेत पछाडी पार्दै उनी मटिहानी नगरपालिकाको मेयर हुन सफल भएका हुन।

उनले तीन हजार चार सय चार मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद मुजिवुल रहमानले एक हजार ५ सय ९७ मतप्राप्त गरे। मटिहानी वडा नं. ७ का स्थायी वासिन्दा मण्डल पत्रकार समेत हुन्।  

यसपालिको चुनावमा जातिय र व्यक्तिगत प्रभावकै भरमा उम्मेदवारहरुलाई मत परेको महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकामा भइ रहेको मतगणनाको प्राराम्भीक परिणामले पनि स्पष्ट हुन्छ ।

चार वटा गाउँ मिलेर वनेको मटिहानी नगरपालिका मुस्लिम वाहुल्य नगर रहेको छ । मुसस्लीम बाहुल्य नगर भएर नै होला नेकपा एमालेले समुदायगत मतले नै विजयी गराउने जुक्ती लगाउँदै मधेसवादी दलमा रहेका मुस्लिम समुदायकै मोहम्मद मुजिवुल राईनलाई पार्टी प्रवेश गराई उम्मेदवार बनाएको थियो।

२०७० साल देखि शरतसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीबाट राजनितीक यात्रा शुरु गरेका मण्डलले निर्वाचन क्षेत्र नं. ३ मा सभासदमा समेत उम्मेदवारी दिएका थिए।

प्रकाशित: ६ आश्विन २०७४ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App