८ वैशाख २०८१ शनिबार
समाज

मलद्वार नभएका बालकलाई आमाबुबाले छाडेपछि ...

कञ्चनपुर –  मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ। 

नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२ दिनमै ओछ्यानमै सुतेको अवस्थामा छाडी परपुरुषसँग भागेपछि हजुरबाको जिम्मामा उनी छन् । नरेन्द्र हाल १० महिनाका भए तर उनको जन्मदादेखि नै मलद्वार नहुँदा बायाँ पेट चिरेर वैकल्पिक मलद्वार बनाइएको छ। 

गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मेको २४ घण्टापछि मात्रै उनको मलद्वार बन्द भएको परिवारजनले थाहा पाएका थिए । 

बान्ता गर्न थालेपछि उनलाई भारतीय सहरको अस्पतालमा लगेर जाँच गर्दा मलद्वार नभएको थाहा पाएको बाजे मोहनलाल सुनारले बताए। मलद्वार नहुँदा उपचार गराउनका लागि नरेन्द्रका बाजेबज्यैले भएको जायजेथा बेचेर रु दुई लाख बढी खर्च गरिसकेका छन्। 

अझै भारतको बरेलीस्थित एक अस्पतालले तीन लाख भारतीय रुपैयाँ खर्च आउने भनेपछि खर्च जुटाउन नसक्दा अप्ठेरोमा परेको छु मोहनले भने “नरेन्द्रलाई बचाउन भएभरको जग्गाजमिन पनि गयो । अब कसरी औषधि गर्ने हो भन्ने चिन्ताले सताएको छ।” आर्थिक अवस्था निकै नाजुक भएकाले सहयोगी हातको खोजीमा रहेको उनले बताए। 

बालकको भविष्यलाई लिएर उनका बाजेबाज्यै चिन्तित भएका छन् । महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले समेत बालकको शल्यक्रियाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् । 

प्रकाशित: ६ आश्विन २०७४ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App