coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्षतविच्छेत अवस्थामा वृद्धाको शव फेला

खोटाङ – सम्पर्क विहीन बनेको तीन दिनपछि खोटाङमा एक वृद्धा मृत भेटिएकी छन् । बिना जानकारी पारिवारिक सम्पर्क विहीन बनेकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ७१ वर्षीय भक्तीमायाँ राई बिहीबार साँझ मृत भेटिएकी हुन्।

मंगलबारदेखि हराएकी वृद्धाको शव घर नजिकैको भीरको फेदमा क्षतविच्छेद भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा वृद्धाको भीरबाटै लडेर मृत्यु भएको हुन सक्ने स्थानीय हात्तिराम राईले बताए। 

शवभन्दा माथि झारपात लतारिएको पाइएकाले उनको लडेर मृत्यु भएको अनुमान गरिएको हो । वृद्धाको शव फेला परेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा प्रहरीको टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । 

प्रकाशित: ६ आश्विन २०७४ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App