८ वैशाख २०८१ शनिबार
राजनीति

सुखीपुरमा एमाले विजयी

लहान-  नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी भएका हुन्। यादवले छ हजार १११ र उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा एमालेकै साहले छ हजार ८६ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीपनारायण यादवले तीन हजार ३५४ मत प्राप्त गरे। यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजयी हासिल गरेको छ । रासस

 

प्रकाशित: ६ आश्विन २०७४ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App