८ वैशाख २०८१ शनिबार
राजनीति

सहिदनगरमा माओवादी, धनुषाधाममा काँग्रेस विजयी

सहिदनगर नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित उदय र शिला । तस्बिरः नागरिक

जनकपुर- धनुषाको सहिदनगर नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी भएका छन् । मेयरमा उदय यादवले ५ हजार ९१ मत पाएका छन् भने उपमेयरमा शिलादेवी कापरले ४ हजार २ सय १८ मत पाएकी छिन् ।

उनीहरुको निकटतम प्रतिद्वन्दीमा काँग्रेसका देवेन्द्र भर्खेर यादवले ४ हजार २ सय ३९ र उपमेयरमा काँग्रेसकै सुनिता सिंहले ३ हजार ८ सय ९७ मत पाइन् ।

धनुषाधाम नगरपालिकामा काँग्रेसका बालेश्वर मण्डल र उपमेयरमा काँग्रेसकै विद्यादेवी भुजेल जितेकी छिन् । मण्डलले ४ हजार ७ सय ७३ र भुजेलले ४ हजार २ सय ७ मत पाएका छन् । धनुषाधाममा मण्डल र भुजेलको निकटतम प्रतिस्पर्धीमा एमालेका योगकुमार यादवले ३ हजार ५ सय ५७ र अम्बिका कुमारी विश्वकर्माले ३ हजार ७ सय ३ मत पाएकी छन् ।

 

प्रकाशित: ६ आश्विन २०७४ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App