७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाराको स्वर्णपुरमा फोरम नेपाल विजयी

कलैया- संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ। 

प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव तीन हजार ६५ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राकेश यादवले दुई हजार ६९० मत प्राप्त गरे। 

उपाध्यक्षमा फोरमकै बबिता यादव तीन हजार ४७५ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मदिफन खातुनले एक हजार ९८७ मत प्राप्त गरिन्।

प्रकाशित: ७ आश्विन २०७४ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App