coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

जलेश्वर नगरपालिकामा विजयी भएका मेयर राजपा नेपालका रामशंकर मिश्र र उपमेयर मुन्चुन देवी। तस्बिर : महेशकुमार दास

महोत्तरी- मधेस आन्दोलनको थलोकोरुपमा रहेको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। राजपा नेपालका रामशंकर मिश्र ५ हजार १ सय ८० मत ल्याएर मेयरमा र राजपा नेपालका मुन्चुन देवी ४ हजार ५ सय ६६ मत ल्याएर उपमेयरमा विजयी भएका हुन्।

जलेश्वर नगरको मेयर पदको निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका सुरेस साह सोनारले ३ हजार ३ सय ६२ र उपमेयर पदको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता शर्माले २ हजार ७ सय १७ मत प्राप्त गरेको छ।

जलेश्वर नगरमा विजयी भएका मेयर मिश्रले जलेश्वर नगरलाई भ्रष्टाचारमुक्त नगर बनाउने आफनो योजना रहेको बताएको छ।
‘जलेश्वर नगरलाई भ्रष्टाचार मुक्त नगर वनाउन आफु मनोवैज्ञानिक तयारी गरि सकेको छु।’ मेयर मिश्रले भने, ‘जलेश्वर नगरको कर्मचारीदेखि सवै सरोकारवाला निकायलाई भ्रष्टाचार निर्मुल पार्न परिचालन गर्नेछु।’

 

प्रकाशित: ७ आश्विन २०७४ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App