१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लहानमा एमाले विजयी

लहान – लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। 

प्रमुखमा मुनी साहले ११ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गरेका हुन् । 

यसैगरी उप–प्रमुखमा एमालेकै सरियारकुमारी चौधरीले ११ हजार १६८ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुनम चौधरी (जसवालले)ले ९ हजार ९०६ मत प्राप्त गरेकी हुन्। 

लहान नगरपालिकाअन्तर्गत २४ वडामध्ये नेपाली काँग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरमले चार र माओवादी केन्द्रले दुई स्थानमा विजयी भएका छन्। 

प्रकाशित: ७ आश्विन २०७४ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App