८ वैशाख २०८१ शनिबार
राजनीति

सिम्रौनगढ नगरपालिकामा काँग्रेसका यादव विजयी

सिम्रौनगढा नगरपालिकाको प्रमुख पदमा बिजयी भएका बिजयशंकर यादव ।

बारा – धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको सिम्रौनगढ नगरपालिकको प्रमुख पदमा काँग्रेसका विजय शंकर यादव बिजयी भएका छन्।

प्रमुख पदमा बिजयी भएका बिजयशंकर यादवका पार्टी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेका ११ वडा मध्ये १० वडामा पराजय भएको छ ।

पूर्व राष्ट्रिय पञ्चायत सदस्य भागवत राय यादवका छोरा रहेका प्रमुख पदका बिजयी  बिजयशंकर यादव नेपाली काँग्रेस बारा क्षेत्र नम्बर एकका क्षेत्रीय सभपति समेत रहेका छन्।

नेपाली काँग्रेस पार्टी परित्याग गरी राजपाबाट प्रमुख पदमा उम्मेदवार बनेका किशोरी प्रसाद कलवारलाई २० मतले पराजित गर्दै यादव बिजयी भएका हुन्।

राजपाका कलवारले ५११५ मत प्राप्त गरेका थिए भने काँग्रेसका  यादवले कलवार भन्दा २० मत बढी ५१३५ मत ल्याएर बिजयी भएका सिम्रौनगढा नगरपालिका निर्वाचन कार्यालयले जनाएको छ ।

राजपाका  केन्द्रीय उपाध्यक्ष सरोज यादव र संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य रामबाबु यादवको गृहनगर रहेको सिम्रौनगढलाई राजपा र फोरम नेपालका गढ मानिन्छ ।

राजपा र फोरमको गढ भएकै कारणले ११ वटा वडाहरु रहेको सिम्रौनगढा नगरपालिकाको ९ वटा वडाका वडा अध्यक्षमा राजप र फोरमकै उम्मेदवारहरुले बिजयी भएका छन्।

काँग्रेसबाट नगरपालिकको प्रमुख पदमा बिजय भएका यादवलाई सिम्रौनगढाका  जन्ताहरुले काँग्रेस पार्टीका उम्मेदवार भन्दा पनि युवा, स्वच्छ र बेदाग छवि भएकै कारणले रुचाएको स्थानीयहरुले बताएका छन्। 

वडा अध्यक्षमा भने बिजयशंकरको घर भएको सिम्रौनगढा ६ बसवरीया टोलबाट उम्मेदवार बनेका उम्मेदवारले मात्रै वडा अध्यक्षमा बिजयी भएका छन्।

 

प्रकाशित: ७ आश्विन २०७४ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App