८ वैशाख २०८१ शनिबार
समाज

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीनसंस्था पुरस्कृत

महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालिका शारदादेवी चन्द्रलाई सम्मानपत्र प्रदान गर्दै सत्यमाेहन जाेशी । तस्बिर : हिमाल लम्साल

काठमाडौं  – रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ । कोषले वृद्धवृद्धा,  महिला,अपाङ्गता, तथा एचआईभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई शनिबार सम्मान गरेको हो। 

कोषले सुदुरपश्चिमक्षेत्रमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालिका शारदादेवी चन्द्रलाई २ लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । त्यस्तै गरी काठमाडौंको साँघुमा रहेको द्वन्द्वपीडित तथा अपाङ्ग समाजका सञ्चालक युवराज थापालाई नगद १ लाख, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।  यस्तै गरी एचआईभी संक्रमितका सन्ततीलाई पालनपोषण तथा अध्यापन गराउँदै आएको बेबीलाइफ होम भत्केको पार्टी किर्तिपुरलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै जोशीले समाजमा निस्वार्थ भावनाले काम गर्ने सामाजिक संस्थालाई राज्यले नै सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

पुस्कार छनोट तथा मूल्यांकन समितिका संयोजक भुपनाथ शर्माले नेपालका विभिन्न भूभागमा रहेर आफ्नै बलबुत्तामा सामाजिक क्षेत्रमा निरन्तर  सक्रिय सामाजिक संस्थालाई पुरस्कृत गरिएको बताए । सोही अवसरमा भुटानमा जन्मिएका र ११ वर्ष झापामा शणनार्थी जीवन बिताएर नेदरल्याणमा बसोबास गर्दै आएका रामकार्की र जमुना कार्कीले द्वन्द्वपीडित तथा अपाङ्ग समाजलाई १ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषका संरक्षक रामबाबु नेपालले समाजमा मानवताको भावनाले काम गर्ने सस्थाहरुलाई कोषले सम्मान गर्दै आइराखेको बताए ।

‘सामाजिक क्षेत्रमा केही फरक काम गर्ने संस्थालाई सम्मान गर्दै आइराखेका छौं,’ उनले भने, ‘सामाजिक क्षेत्रमा काम गर्ने सस्थालाई प्रोत्साहनको खाँचो छ ।त्यसैले प्रोत्साहन गर्नका लागि पुरस्कृत गरेका हौं ।’कोषले विगत ४ वर्षदेखि सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका विभिन्न संघ–सस्थालाई सम्मान गर्दै आइराखेको छ। 

प्रकाशित: ७ आश्विन २०७४ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App