७ वैशाख २०८१ शुक्रबार
समाज

हराएको रकम भेटियो

भक्तपुर- भक्तपुर प्रहरीले भक्तपुर टिबुक्छे बस्ने बर्ष ६२ को कृष्णप्रसाद ताम्राकारको हराएको एक लाख २५ हजार रुपैयाँ भेटाइदिएको छ। शक्रबार राति साढे आठ बजे  भक्तपुर नगरपालिका ५ स्थित शिवा गेष्ट हाउसमा साथी भाइहरुसंग खाना खाने क्रममा उनको साथमा रहेको रकम हरायो भनी महानगरीय प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरमा जानकारी गराएपछि सोही गेष्ट हाउसबाट रकम फेला पारेको महनगरीय प्रहरी परिसर भक्तपुरका प्रबक्ता कृष्ण प्रसाईले जनाए।

खवर पाउनासाथ प्र.ना.नि. नारायणबहादुर चुवानको कमाण्डमा प्रहरी टोली खटी गई खोजतलास गर्दा सोही गेष्ट हाउसको ब्रण्डमा भारतीय रकम रु. १०० को विटो १२.५ थान कागजमा बेरिएको अवस्थामा फेला पारिएको उनले जनाए ।  फेला परेको रकम परिसर भक्तपुरमा बुझाइएकोमा अनुसन्धान गर्दा सो रकम निज कृष्णप्रसाद ताम्राकारको नै भएकोले निजलाई  परिसर प्रमुख प्रहरी उपरीक्षक किरण राणाले शनिबार रकम हस्तान्तरण गरिएको छ।

प्रकाशित: ७ आश्विन २०७४ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App