coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसको विजय जुलुशमा एमाले आक्रमण, ४ घाइते

रौतहट- रौतहटको बृन्दाबन नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसले जितेपछि निकालेको विजय जुलुशमा नेकपा एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। एमाले समर्थित कार्यकर्ताहरुको आक्रमणमा परी चारजना नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता घाइते भएका छन्।

वृन्दावन नगरपालिकाको मेयर पदमा राम स्नेही यादव र उप मेयरमा नुर जहा खातुन शुक्रवार साँझ विजय भएका थिए। विजय पश्चात शनिवार नव निर्वाचित मेयर रामस्नेहीको घर भएको विश्रामपुरटोलवाट विजय जुलुश निकालेर नगरभरी परिक्रमा गर्ने कार्यक्रम थियो।

नेपाली कांग्रेसका हर्षहाका कार्यकर्ताहरु जुलुश लिएर विश्रामपुरतर्फ जानेक्रममा एमालेका निकटदम प्रतिद्धन्दी विनोद पटेलको वडा नम्वर ५ स्थित हर्षाहाटोलमा रहेको घर नजिक भोजपुरी गीत बजाएर नाचगान गर्न थालेपछि दुवैपक्षबीच झडप भएको थियो।

बाँसको भाँटा सहित घरेलु हतियारबाट एमाले कार्यकर्ताहरुको आक्रमणमा परी स्थानीय शेख खैरुल्लाह, शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाह घाईते भएका छन्। घाईतेहरुको टाउकोमा गम्भीर चोट लागेर घाईते भएकाहरुको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भईरहेको नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण यादवले बताएका छन्।

जनताले आफ्नो अमुल्य मत दिएर जिताएपछि निर्वाचित उमेदवारले खुशीयाली साटासाट गर्न बिजय जुलुस निकालेर आफना समर्थक माझ जाने क्रममा एमाले लगायतका अन्य हारेका दलहरुले विजय उत्सवको जुलुशमाथि आक्रमण गर्नु निन्दनीय कार्य रहेको बताउँदै सभापति यादवको विजय जुलुशमाथि आक्रमण गर्ने दोषि माथि कडा कारबाहीको माग गरेका छन्।

यसैगरी गढीमाइ नगरपालिमा नेपाली काँग्रेसका मेयर श्याम यादव र उप मेयरमा सुभद्रा गुप्ता निर्वाचित भएपछि निकालिएको विजय जुलुशमा निकटदम प्रतिद्धन्दी राजपाका मेयरका पराजित उमेदवार अब्दुल कलाम अजादको कार्यकर्ताहरुले आक्रमण गरेका छन्।

गढीमाइ नपाको वडा नम्बर ५ गम्हरीया टोलमा नेपाली काँग्रेसका पराजित वडा अध्यक्ष म रयाजुदीको घरमा सहानुभुति स्वरुप विजय जुलुश लिएर गएका कार्यकर्तामाथि राजपाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । राजपाका मेयर उम्मेदवार र काँग्रेसका पराजित वडा अध्यक्षका उम्मेदवाबारको घर संगै जोडिएकोले काँग्रेसको विजय जुलुश आफ्ना कार्यकर्ताको घरमा पुगेपछि राजपाका कार्यकर्ताहरुले भोजपुरी फिल्म किन बजाएको र जुलुश किन ल्याएको भन्दै जुलुशमा डिजे बाजा बजाइरहेका धुपलाल साह, प्रदीप साह तथा सहभागि कार्यकर्ता प्रमोद साह, शेख जमदार, शेख मोमताज र शेख रुस्तमालाई निर्घात कुटपिट गरेका छन्।

राजपाको कुटाइवाट डिजे बाजा बजाउने प्रमोद र धुपलालको अवस्था गम्भिर रहेकाले उनिहरुको हेल्थ लैण्ड अस्पतालमा उपचार भैरहेको गढीमाइ नपाका मेयर श्याम यादवले बताए । राजपाका कार्यकर्ताहरुले जुलुश माथि आक्रमण गर्दै नेपाली काँग्रेसका पराजित उम्मेदवार रयाजुदिनको घरमा समेत तोडफोड गर्न थालेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले राजपाका मेयर उमेदवार अब्दुल कलाम आजादको घरमा समेत तोडफोड गरेका छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय र सशस्त्र वेश क्याम्प समनपुरको टोलि परिचालन गरिएको छ।

घटनाको विषयमा गहन रुपमा अनुसन्धान गर्न तथा आक्रमण गर्ने व्यक्तिहरुको खोजतलासको लागि प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापाले बताए।

 

प्रकाशित: ७ आश्विन २०७४ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App