coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कबड्डीमा भारतलाई उपाधि

काठमाडौं- भारतले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा भारतले नेपाललाई ५९–२१ ले पराजित ग¥यो । भारतका गुर्दिप उत्कृष्ट केचर तथा भारतकै विनीत शर्मा उत्कृष्ट रेडर चुनिए । राउन्ड रोबिन लिगमा भारत विजेता र नेपाल उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए ।

अखिल नेपाल कबड्डी संघद्वारा आयोजित ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगमा भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । त्यस्तै नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा सदस्य–सचिव विष्टले संघलाई दक्षिण एसियाली कबड्डी च्याम्पियनसिपको तयारी गरे राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रकाशित: ८ आश्विन २०७४ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App