coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

टोटेनह्यामलाई अवेमा सफलताएजेन्सी

लन्डन- ह्यारी केनले दुई गोल गरेपछि दश खेलाडीमा सीमित टोटेनह्यामले अवे खेलमा शतप्रतिशत विजययात्रालाई कायम राख्ने क्रममा शनिबार इङ्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेको छ ।
केनले पछिल्लो चार खेलमा ६ गोल गरेसकेका छन् । केनको दुई तथा क्रिस्टेन इरिक्सनले एक गोल गरेपछि माउरिसियो पोचेट्टिनोको टोलीले ६० मिनेटसम्म ३–० को अग्रता लिएको थियो । डिले अलीको क्रसमा केनले चौथो मिनेटमै टोलीलाई अग्रता दिएका थिए । ३८औं मिनेटमा केनले अग्रता दोब्बर पारे । ६०औं मिनेटमा एरिक्सनले अर्को गोल थपे । त्यसको पाँच मिनेट नबित्दै हाभियर हर्नान्डेजको गोलमा घरेलु टोली वेस्टह्यामले पुनरागमन गर्ने संकेत गरेको थियो । ७०औं मिनेटमा सेर्गी अउरियरले दोहोरो पहेंलो कार्डको सामना गरेपछि भ्रमणकारी टोली दश खेलाडीमा सीमित बनेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा चेइखोउ काउयटले अर्को गोल फर्काए पनि वेस्टह्यामलाई अंक खोस्न पर्याप्त बनेन ।
सिजनको तीनै अवे खेलमा विजय हासिल गरेको टोटेनह्याम अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबारको जितसँगै टोटेनह्यामले गत सिजन लन्डन रंगशालमा हारेको बदला लिन सफल भयो । गत सिजन लन्डन डर्बीमा पराजित भएपछि टोटेनह्याम उपाधि होडबाट बाहिरिएको थियो ।

प्रकाशित: ८ आश्विन २०७४ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App