७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवाका भूकम्पपीडितलार्इ खाद्यान्न वितरण

रसुवा – रसुवाको हाकुबेसीमा निर्माणाधीन माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाले रसुवाका भूकम्पपीडितका लागि खाद्यान्न सामग्री वितरण गरेको छ।

२८ महिनाअघि भूकम्पको कारण थातथलो छाडेर उत्तरगया गाउँपालिका–१ मा बसिरहेका विस्थापितका लागि खाद्यान्न सामग्री वितरण गरिएको हो। 

खाद्यान्न सामग्री वितरण गर्दा वडा नम्बर १ मा बस्ने विस्थापित तथा सोही क्षेत्रमा बसोबास गर्ने भूकम्पपीडितलाई समेत राहत सामग्री वितरण गरिएका वडाध्यक्ष बमबहादुर तामाङले बताए। 

तामाङका अनुसार सात सय १० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो। जलविद्युत आयोजनाले वडा कार्यालयले माग गरे अनुसार खाद्यान्न सामग्री वडा कार्यालयलाई प्रदान गरेको थियो। 

‘भूकम्पपीडितका लागि खाद्यान्न वितरण गर्नका लागि वडा कार्यालयले माग गरेपछि आयोजनाले चामल र तेल खरिद गरेर दिएका हौँ’, आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले भने। गत वर्ष पनि आयोजनाले कोरियाबाट आयात गरेर लत्ताकपडा वितरण गरेको थियो। 

भूकम्पपीडितलाई राहत वितरण गरेर स्थानीय तहले राम्रो कामको सुरुवात गरेको हाकुका रमेश घलेले बताए। भूकम्पका कारण गाउँमा सुख्खा पहिरो झरेपछि गाउँ नै छाडेर हिडेका उनीहरू अहिलेसम्म पनि गाउँ फर्कन सकेका छैनन्। उक्त वडामा अहिले मैलुङ, डाँडागाउँ, तिरु र गोगनेबाट विस्थापित भएका पीडित बसोबास गरिरहेका छन्। 

२९ महिनासम्म गाउँ फर्काउनका लागि सरकारले उचित कदम नचालेकोप्रति उनीहरू असन्तुष्ट रहेका छन्। गाउँ फर्काउने वातावरण तय गर्न सम्बन्धित निकायले ध्यानदिनुपर्ने हाकुबाट विस्थापित भएर लहरेपौवामा बसिरहेका छेकु तामाङले बताए। पटक पटक हुने भौर्गभिक अध्ययन र आश्वासनले विस्थापित आजित भएका छन्।

प्रकाशित: ८ आश्विन २०७४ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App