coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनकपुर उपमहानगरपालिकामा दश हजार मतान्तरसहित राजपा विजयी

जनकपुर – धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा पनि राजपा नेपालकै रिता झा विजयी भइन् । उनी १७ हजार १ सय ४८ मत सहित उपमेयरमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी निलम कर्णले भने १० हजार ६ सय पाँच मत प्राप्त गरिन्।

२५ वडा रहेको जनकपुरमा उपमहानगरपालिकामा १२ वडामा राजपा नेपाल, ७ मा नेपाली काँग्रेस, ३ मा संघीय समाजवादी फोरम, २ मा एमाले र १ मा स्वतन्त्र उम्मेद्वारले विजय हासिल गरे । 

 

प्रकाशित: ८ आश्विन २०७४ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App