coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मध्यपहाडी लोकमार्ग अवरुद्ध

पाँचथर- पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्व खण्ड अन्तर्गत फिदिम– तेह्रथुम सडक खण्ड अवरुद्ध भएको छ। फिदिम नगरपालीका अन्तर्गतको  सरखण्डे भन्ने ठाँउमा शुक्रवार विहान पहिरो खसेर सडक अवरुद्ध गरेको छ। शुक्रवार विहान पहिरो खसेर अवरुद्ध बनेको सडक खुल्न अझै समय लाग्ने प्रहरीले जनाएको छ।

झरी रोकीएर घाम लाग्न सुरु गरेसँगै ठूला–ठूला ढुंगा सहित पहिरो खसेपछि यातायातका साधन रोकिएका छन्। बीच बाटोमा आएका यातायातका साधन र यात्रुहरु रोकिएका छन्। तमोर नदिको छेउममा रहेको भिरालो ठाँउमा पहिरो गएको हो । भिरालो ठाँउ भएकाले यहाँ वेला वेला अवरोध सृजना हुने भएपनि यो पल्ट लामो समय अवरुद्ध भएको हो ।

पहिरोका कारण यो लोकमार्ग भएर यातायतका साधन सञ्चालन हुन नसक्दा तेह्रथमुको आठराई क्षेत्रका दजनौँ गाविसका जनता प्रभावित भएका छन् । यो लोकमार्ग आठराईवासिले प्रयोग गर्ने प्रमुख सडकको रुपमा रहेको छ । भिरालो जमिन तथा पहिरो झरीरहेकाले अवरोध हटाउन समस्या भईरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि कृष्ण प्रसाद कोईरालाले जानकारी दिए। भिरमा वेला वेला माटो ढुगां झरीरहेकाले समस्या भएको उनले बताए ।

विहान सडक अवरुद्ध भएपछि फिदिम तर्फवाट केहि यातायतका साधन गएर यात्रुहरुलाई गन्तव्यतीर अघि बढाएका छन । यातायातका साधन भने रोकिएका छन् । हिड्न समेत डरमर्दो भएको स्थानियले बताए। यो लोकमार्ग भएर आठराईका लागि यात्रु सहित खाद्य सामाग्रि, निर्माण समाग्रि ओसारप्रसार हुने गर्छ। आठराईवाट फिदिम, विर्तामोड लगायतका तराईका जिल्ला जानका लागि यो बाटो प्रयोग हुन्छ।

यो खण्ड अवरुद्ध भएपछि आठराईमा यातायत सम्पर्ग विहिन बनेको छ । तेह्रथमुक सदरमुकाम देखि आठराई जोड्ने मध्यपहाडी लोकमार्ग सञ्चालनमा छैन । बर्षा सुरु भएपछि खोलामा पुल नभएको तथा सडक विग्रिएकाले यातायात सञ्चालन हुन सकेको छैन् । यो खण्ड कालोपत्रे गरीरहेको निर्माण कम्पनीले अवरोध हटाउने प्रयास गरिरहेको छ।

प्रकाशित: १४ श्रावण २०७३ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App