८ वैशाख २०८१ शनिबार
खेल

एएफसी यु–१६ मा प्रतिष्ठा जोगाउन नेपाल असफल

काठमाडौं– प्यालेस्टाइनलाई नतिजा सुम्पिएको नेपाल एएफसी यु–१६ छनोट चारण अन्तर्गत समूहको अन्तिम खेलमा प्रतिष्ठा जोगाउन असफल भएको छ।

आइतबार समूहको पहिलो खेलमा इराक र भारतले गोलरहित बराबरी खेलेसँगै अर्थविहिन बनेको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग २–१ ले स्तब्ध भएको हो।

हलचोकस्थित एपिएफ रंगशालामा सम्पन्न खेलको १० औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमा गरेको गोलमा नेपालले अग्रता लिएको थियो। प्यालेस्टाइनका रक्षक मुआथ बारहाउसले आकाश बुढामगरलाई पेनाल्टी बक्समा लडाउँदा नेपालले पेनाल्टीको अवसर पाएको थियो।

२८ औं मिनेटमा मोहम्मद रियातले गोल गर्दै प्यालेस्टाइनलाई खेलमा फर्किएको थियो।

७५ औं मिनेटमा रियातले काउन्टर अट्याकमा व्यत्तिगत दोस्रो गोल गर्दै प्यालेस्टाइनको अग्रता २–१ म पुर्‍याएका थिए ।

यस हारसँग १ अंक जोडेको नेपाल समूह ‘डि’ को पुछरमा झरेको छ । अन्तिम खेलमा हात पारेको जितपछि प्यालेस्टाइन तेस्रो स्थानमा उक्लिएको छ ।

समूह ’डि’ बाट इराक समूह विजेत र भारत उत्कृष्ट पाँच उपविजेता भित्र पर्दै अन्तिम चरणका लागि छनोट भएका छन् । ३ खेलमा दुई जित र एक बराबरी गरेको इराकले ७ अंक जोड्दा १ जित र २ बराबरी खेलेको भारतले ५ अंक जोड्यो ।

एसियाका ४५ राष्ट्रले विभिन्न १० समूहमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा प्रत्येक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेताले आयोजक मलेसियासँगै सन् २०१८ को सेप्टेम्बर २० देखि अक्टोबर ७ सम्म हुने एएफसी यु–१६ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

 

 

 

 

 

प्रकाशित: ८ आश्विन २०७४ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App