coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री साहका स्वकीय सचिव मेयरमा निर्वाचित

मेयर निर्वाचित सियाराम कुशवाहा।

रौतहट— स्थानीय तहको दुई नम्बर प्रदेशमा भर्खरै सम्पन्न भएको निर्वाचनको मतगणनामा सहरी विकासमन्त्री प्रभु साहका स्वकीय सचिव मेयर पदमा निर्वाचित भएका छन्। रौतहटको कटहरिया नगरपालिका मेयर पदमा सियाराम कुशवाहाले काँग्रेस उम्मेदवारलाई पारजित गरे।

कटहरिया नपाको सार्वजनिक भएको नगरप्रमुखको पदमा माओवादी केन्द्रका सियाराम कुश्वाहाले ४२३३ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयप्रकाश साहले ३६८२ मत प्राप्त गरे।

सार्वजनिक भएका मत परिणमअनुसार नेपाली काँग्रेसले ८ स्थानमा विजय भई अग्रता कायम गरेको छ।  संघिय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रले समान ३-३ स्थानमा बर्चस्व कायम गरेका हुन्।

कुश्वाहा मन्त्री साहको स्वकिय सचिवबाट राजिनामा दिएर कटहरियाबाट मेयर पदमा उम्मेदवारी दिएका थिए। नवनिर्वाचित मेयर कुश्वाहाले यस भेगका जनताहरु विकास निर्माणबाट बञ्चित रहेको हुँदा आफनो एक मात्र नारा सडक संजालको विस्तार गरी विकास निर्माण कार्यलाई प्राथमिकता दिनेलाई जनताहरु पत्याएर मत दिएकोमा धन्यवाद दिए।

रौतहटमा रहेका १६ नगरपालिका र दुई वटा गाँउपालिका मध्ये १७ स्थानीय तहको मतपरिणम सार्जजनिक भइसकेका छन्। सार्वजनिक भएका मत परिणमअनुसार नेपाली काँग्रेसले ८ स्थानमा विजय भई अग्रता कायम गरेको छ।  संघिय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रले समान ३-३ स्थानमा बर्चस्व कायम गरेका हुन्।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालले २ तथा नेपाल लोकतान्त्रिक फोरमले १ स्थानमा विजय हाँसिल गर्न सफल भएको छ तर नेकपा एमाले रौतहटको कुनै पनि स्थानमा आउन नसकेको अवस्था सृजना भएको छ।

यस्तै गरुडा नपामा अब दुई वडाको मतगणना मात्रै गणना गर्न बाँकी रहेको बुझिएको छ।  ७ वडा सम्म सार्वजनिक भएको मतपरिणम अनुसार संघिय समाजवादी फोरम नेपालका उम्मेदवार इनु यादव ३४३५ मत, नेकाको सुनिल यादव ३३०३, माओवादीको विपीन जयसवाल २८७४ र एमालेका कलिमूल्लाहले २०५९ मत प्राप्त गरेको जानकारी प्राप्त भएको छ।

वडा नम्वर ८ जिगडिया मतदान केन्द्रमा खसेको मत भन्दा १०० मत कम मतपेटिकाबाट निस्केको भन्दै एमाले समुहले विवाद खडा गरेको छ। तर मतदान अधिकृतले दिएको रिपोर्ट अनुसार मतपत्र सहि रहेको भएपनि एमालेका पोलिंग एजेण्टले दिएको रिपोर्टमा एक सयको मत भिन्नता रहदा उनीहरु विवाद सृजना गरेको बताइएको छ।
    

 

प्रकाशित: ८ आश्विन २०७४ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App