८ वैशाख २०८१ शनिबार
खेल

नेपोलीको शतप्रतिशत नतिजा

मड्रिड- दुई आत्मघाती गोल उपहारमा लुइस स्वारेजले अर्को गोल थपेपछि बार्सिलोनाले शनिबार स्पेनिस ला लिगामा सतप्रतिशत नतिजा निकाल्नेक्रममा जिरोनालाई ३–० ले हराएको छ ।
मध्यसाता रियाल बेटिससँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएको रियाल मड्रिडका लागि ड्यानी काबालोसले दुई गोल गरेपछि शनिबार आलाभेसविरुद्ध २–१ को नजिता निकालेको छ । शनिबार काबालोसले डेब्यू गरेका थिए ।
उच्च श्रेणीको खेलमा जिरोनाले क्याटलान डर्बीमा बार्सिलोनालाई पहिलो पटक घरमा अथित्यता प्रदान गरेको थियो । एक तर्फी बनेको खेलमा हुटिङ पनि एक तर्फी लागेको थियो, स्वतन्त्र क्याटोलोनियाको पक्षमा । स्वतन्त्र क्याटोलोनिया पक्षधरका अध्यक्ष कार्लोस पुइगडेमोन्ट उपस्थिती रंगशालामा दुबै टोलीका समर्थकले एउटै झन्डा फहराएका थिए ।
‘खेल निकै कठिन थियो,’ बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले भने, ‘डर्बी खेलमा रंगशालाको माहोलै बेग्लै थियो । तर, हामीले राम्रो खेल्यौं ।’
मैदानबाहिर जस्तो गर्मागर्मी थियो, मैदान भित्र त्यसको ठिक विपरित थियो । जोर्डी अल्बाको क्रसलाई क्लियर गर्नेक्रममा एडे बेनिटेजले १७औं मिनेटमा आफ्नै पोष्टमा गोल गरे । ४८औं मिनेटमा एलेक्सिस भिडालको क्रसलाई विपक्षी गोलकिपर गोर्का इराइजोजले आफ्नै पोष्टमा गोल गरे । आत्मघाती गोल उपहारमा दुई शुन्यको अग्रता लिएको बार्सिलोनाका लागि लुइस स्वारेजले ६९औं मिनेट अर्को थपेका थिए । जारी सिजनमा स्वारेजको यो दोस्रो गोल हो ।
मेन्डिजोरोना रंगशालामा रियाल मड्रिडको अग्रपंक्तिका खेलाडीले गोल गर्न नसके पनि कावालोसको दुई गोलमा आलाभेसलाई २–१ ले हरायो । शनिबार पनि हारेपछि लिगको ६ खेलबाट आलाभेसले कुनै अंक जोड्न सकेको छैन ।
‘आज हामीलाई तीन अंक चाहिएको थियो । हामीले उत्कृष्ट प्रदर्शन गर्न सकेनौं तर अन्य दिनमा भन्दा आज हामीले राम्रो फुटबल खेल्यौं,’ रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने । मंगलबार हुने च्याम्पियन्स लिगअन्र्तगत बोरुसिया डर्टमन्डविरुद्धको खेलालाई मध्यनजर गरेर प्रशिक्षक जिदानले चार खेलाडी परिवर्तन गरेका थिए । त्यही तीन खेलाडीमध्येका एक हुन कावालोस । बेटिससँग हार्दाको टोलीमा जिदानले लुका मोड्रिच, टोनी क्रुज, मार्सेलो र गारेथ बेललाई बेन्चमा राखेका थिए ।
स्पेनको यु–२१ टोलीका काबालोसले १०औं मिनेटमा रियाललाई अग्रता दिएका थिए । ४०औं मिनेटमा आलाभेसले सिजनको पहिलो गोल ग¥यो । त्यसको तीन मिनेट नवित्दै काबालोसले गरेको गोल मड्रिडका जितमा निर्णायक बन्यो । ‘अवे खेलमा पाएका अवसरमध्ये दुइलाई मात्र सदुपयोग गर्न सकिन्छ भने त्यो पर्याप्त होइन,’ रियालका प्रशिक्षक जिदानले भने ।
आइतबार चाडोगरी भएको खेलमा स्पानियोलले डेपोर्टिभो लाकोरुनालाई ४–१ ले स्तब्ध बनायो । लियो बाप्टिस्टाको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको स्पानियोलले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो । डेपोर्टिभो लाकोरुनाका एलेजान्द्रो एरिबासले २२औं मिनेटमा आत्मघाती गोल गरेका थिए । ७२औं मिनेटमा पेनाल्टीमा गोल गरेका जेरार्ड मोरेनोले अन्तिम मिनेटमा अर्को गोल थपेका थिए । डेपोर्टिभोका सेल्सो बोर्गेसले ५३औं मिनेटमा गरेको गोल सन्त्वनामा परिणत भयो ।

प्रकाशित: ९ आश्विन २०७४ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App